वाणिज्य विभागको ‘महानिर्देशक’ बने सहसचिव रितेश शाक्य
काठमाडौं । ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग’ को महानिर्देशक पदको जिम्मेवारी रितेश कुमार शाक्यले सम्हालेका छन् । राष्ट्रपति कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरूवा भएर आएका शाक्यलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो। शाक्य नेपाल सरकारका सहसचिव तथा पूर्वप्रशासक हुन्। उनले विभिन्न प्रशासनिक तथा आर्थिक निकायमा जिम्मेवारी सम्हालिसकेका छन्।
यसअघि राष्ट्रपतिको कार्यालय लगायतमा रहेर सफल जिम्मेवारी सम्हाली सकेका शाक्य अहिले महानिर्देशकमा पदस्थापन भएका हुन् । शाक्य सिनियर, अनुभवी तथा इमान्दार सहसचिवका रुपमा जिम्मेवारी सम्हाल्ने व्यक्तित्वका रुपमा चिनिन्छन् । सहसचिव भएपछि जिल्ला प्रशासन कार्यालय (सिडियो), अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि कुशल जिम्मेवारी सम्हाली सकेका छन् ।
यसअघि सम्हालेका मुख्य जिम्मेवारीहरूमध्ये उनले आन्तरिक राजस्व विभाग (IRD) को महानिर्देशकको कार्यभार सम्हाले । यसैगरी अर्थ मन्त्रालयमा बजेट महाशाखा प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी समेत सम्हाले। नेपाल धितोपत्र बोर्ड (SEBON)को अध्यक्ष पद रिक्त रहेको समयमा अर्थ मन्त्रालयको तर्फबाट बोर्ड सदस्य रहेका शाक्यलाई सरकारले धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो। उनले नेपाल सरकारको प्रतिनिधित्व गर्दै नेपाल बैंक लिमिटेडको सञ्चालक समिति सदस्य (BoD) का रूपमा पनि काम गरेका थिए।
चाडपर्वको समयमा बजारमा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुने जोखिम उच्च रहन्छ । चाडपर्व नजिकिएसँगै विभागले नेतृत्व पाएपछि बजार अनुगमन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












