को हुन् वरिष्ठम् महान्यायाधिवक्ता लोकराज पराजुली ?
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठम् महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज १७ गतेदेखि अनिवार्य अवकाशमा गएपछि पराजृुली वरिष्ठम् महान्यायाधिवक्ता भएका हुन् । महान्यायाधिवक्ताको कार्यालयमा चारजना नायव महान्यायाधिवक्ताको दरबन्दी रहेकामा सिनियर भएकाले पराजुली वरिष्ठतम् महान्यायाधिवक्ता भएका हुन् । वरिष्ठतम् महान्यायाधिवक्ताले संवैधानिक महाशाखा आर्थिक, प्रशासनिक र बढी मुद्धा भएका जिल्ला र उच्च सरकारी वकिलको जिम्मेवारी सम्हाल्ने छन् । बढी मुद्धा भएका जिल्ला र उच्च सरकारी वकिलको कार्यालय पनि वरिष्ठतम् महान्यायाधिवक्ताले हेर्छन् ।
को हुन् लोकराज पराजुली ?
पराजुलीले नेपालको न्याय क्षेत्र र सरकारी वकिलका रूपमा लामो समय सेवा प्रदान गरेर गहन अनुभव बटुलेका छन् । सहन्यायाधिवक्ता र प्रवक्ता रहँदा उनले ललिता निवास जग्गा प्रकरण जस्ता राष्ट्रिय चासोका महत्त्वपूर्ण तथा ठूला मुद्दाहरूको कानूनी प्रक्रिया र सञ्चार समन्वयमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
सरकारी सेवा प्रवेश विषय केलाउँदा उनी न्याय सेवाको समूह छुट्याएर पहिलो पटक भएको प्रतिस्पर्धामा सरकारी वकिल समूहमा एक नम्बरमा नाम निकाल्न सफल भएका थिए । उनी विक्रम सम्वत् २०५२ साल पौष २६ गते तृतीय श्रेणीमा सरकारी वकिल समूहमा नियुक्त भएका थिए । त्यति बेला न्याय समूहमा कुल १३८ जनाले अधिकृत पदमा नाम निकाल्न सफल भएका थिए । सरकारी वकिल सम्ुहमा २९ जना अधिकृतमध्ये उनले एक नम्बरमा अधिकृत तहमा नाम निकालेका थिए । यसैगरी त्यतिबेला न्याय समूहमा ९२ जना र कानुन समूहमा १७ जनाले अधिकृत तहमा नाम निकालेका थिए । कानुन समूहको एक नम्बरमा नाम निकाल्न सफल लीला गड्तौला भने मुख्यसचिवबाट अवकाश भइसकेकी छन् भने न्याय समहुमा एक नम्बरमा नाम निकालेका श्याम कुमार भट्टराई हाल उच्च अदालतका न्यायाधीश छन् ।
विक्रम सम्वत २०२६ साल जेठ ११ गते भोजपुरमा जन्मिएका पराजुली २०६३ साल कात्तिक ३ गते उपसचिव भएका थिए । यसैगरी सहसचिवमा २०७० माघ ९ गते नियुक्त भएका थिए । नायव महान्याधिवक्तामा २०८० साल असोज १६ गते नियुक्त भएका थिए । पराजुली सरकारी वकिल समूहका जानकार नायव महान्यायाधिवक्तामा पर्दछन् । काठमाडौं, झापा, मकवानपुर, डोटी ंलगायत जिल्लामा सरकारी वकिल कार्यालयको नेतृत्व उनले गरिसकेका छन् । उच्च सरकारी वकिल कार्यालय पाटनको पनि प्रमुख भएर काम गरेको अनुभव उनीसँग छ । यस्तै विभिन्न आयोग र संवैधानिक निकायमा रहेर जिम्मेवारी सम्हालेको पनि उनीसँग अनुभव छ ।
उनले देशका विभिन्न जिल्ला सरकारी वकिल कार्यालयहरू, कारागार र प्रहरी कार्यालयहरूको कानुनी अनुगमन, निरीक्षण एवं मानव अधिकारको अवस्था मूल्याङ्कन गर्ने टोलीहरूको सफल नेतृत्व गरे । पराजुली सरकारी कानुनी प्रतिरक्षा, अभियोजन प्रणाली सुधार र नेपालको फौजदारी न्याय प्रणालीको सुदृढीकरणमा एक परिपक्व र अनुभवी अधिकारीका रूपमा चिनिन्छन् ।
Comments
अरु समाचार
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
-
मधेसमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको ज्यान गयो
जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा...
-
संसदमा दर्ता भएको नयाँ भवन ऐनमा के छ ? ५० वर्ष पुगेका घरको ५–५ वर्षमा परीक्षणलगायत समावेश
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयलमा...
-
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो १५ प्रमुख उपलब्धि, हेलो सरकारमा आएका १५ हजार बढी गुनासो समाधान
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गते यताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र...
-
वाणिज्य विभागको ‘महानिर्देशक’ बने सहसचिव रितेश शाक्य
काठमाडौं । ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग’ को महानिर्देशक पदको जिम्मेवारी रितेश कुमार शाक्यले सम्हालेका छन् । राष्ट्रपति कार्यालयबाट...
-
सीमा अपराध नियन्त्रणमा नतिजामुखी काम गर्न आईजीपी पौडेलको निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका छन् । मधेश प्रदेशस्थित...













