खुलेआम उपभोक्ता ठग्छन् व्यापारी,अनुगमनकर्ता रमिते !

नेपाली आम उपभोक्ताहरु व्यापारिबाट विभिन्न तरिकाले ठगिने गरेका छन् । कहिले कम ग्यास भएका सिलिण्डर त कहिले कम परिणामको तेल त कहिले कम तौलका खाद्य सामंग्रीहरु र फलफुलहरु उपभोग गर्न वाध्य पारिएको छ । काठमाडौं लगायत मुलुकका विभिन्न शहरहरुमा खोलीएका सुविधासम्पन्न डिपार्टमेन्टरस्टोर लगायतका ठूलासाना पसलहरुमा मयाद गुज्रेका खाद्यान्नको विगविगी बढीरहेको छ ।
सरकारले पछिल्ला दिनहरुमा अनुगमनको कार्यलाई निरन्तरता दिएको छ । तर,औसीपूणे जस्तो गरेर हुँदैन । अनुगमनलाई तीव्रता दिनुपर्छ । औषधी, पेट्रोलियम पदार्थ, सुन पसलहरुमा छापा मारी कमसल र तौल र परिमाणमा ठगी गर्नेहरुलाई हुँदै सम्मको कानुनी कारवाही गरिनुपर्दछ । म्याद नाघेका औषधी मात्रै होइन् लेवल नभएका, मिति, ब्याच, उत्पादन मिति र म्याद सकिने मिति नभएका सामानहरु बजारमा छ्यापछयाप्ती भेटीएका छन् । त्यस्ता सामान बेच्नेहरुलाई किन कारवाही गरिएको छैन ? उपभोक्ताहरुले किन्ने सामानहरु जोख्नका लागी राखिएका डिजिटल मेसिनहरुबाट आम नागरिकहरु ठगिएका छन् । सुन किन्न जांदा जर्ती मात्रै होइन सुन जोख्ने डिजीटल मेसिन समेत नक्कली र गुणस्तर विभागमा दर्ता नभएका ढक तराजुहरु भेटीएका छन् भने तरकारी बजार, फलफुल बजार, किराना पसलहरुमा समेत नक्कली ढक तराजुको विगविगी रहेको छ । तर, उपभोक्ताहरुको हकहितका लागि खोलीएको सरकारी निकाय नापतौल तथा गुणस्तर विभाग किन चुप बसीराखेको छ ?
नुनदेखी सुनसम्म, खानेपानीदेखी खाद्यान्नका अन्य सामानहरुमा हुने मिसावट र कम गुणस्तर प्रयोग गर्दा समेत गुणस्तर विभाग मौन भएको हो की भन्ने जनगुनासो रहेको छ । मानिसको जिवनमा प्रत्यक्ष रुपमा सरोकार राख्ने पानी जस्तो संवेदनशील बस्तुमा समेत मिसावट र पानीमा लेडो भेटीनु, पेय पदार्थहरुको नक्कली सामान बजारमा आउनु, मिठाई लगायत खाद्यान्न सामंग्रीहरुमा अखाद्य वस्तुहरु भेटीनुमा सरकारको कमजोर प्रशासन र अनुगमन नै हो ।
जहां गयो त्यहीं मिसावट अनि कम तौल भएका वस्तुहरु बजारमा भेटीनुलाई कस्को कमजोर मान्ने? ढक तराजुहरु नापतौल विभागबाट प्रमाणित हुनुपर्नेमा त्यसो हुन सकेको पाईंदैन् । बजारमा कम तौल भएका ढक तराजु छयापछ्याप्ती भेटीन्छन् । तरकारी बेच्ने ठेलागाडा देखी फलफुल बेच्ने व्यापारी, सुन बेच्ने पसलहरुमा समेत ठगी भएको भन्ने गुनासाहरु बाहीर आएकै हुन् तर सरकार तिनलाई किन कारवाही गर्नसक्दैन? संम्बन्धित निकाय किन मौन छ सर्वत्र जिज्ञासाको विषय बन्न पुगेको छ ।
आयल निगमले वितरण गर्ने पेट्रोलियम पदार्थमा समेत कम तौल र परिणाम भएको खवर समय समयमा बाहिर नआएका होइनन् । केही पेट्रोलियम पदार्थ बेच्ने पम्पहरुमा सिलबन्दी गरी कारवाहीको शुरुवात सरकारले गरेतापनि त्यो पर्याप्त र दिगो हुनसकिरहेको छैन् । निरिह जनताहरु बजारमा सामान नपाइएला कि भनेर जतिसुकै ठगीनुपरे पनि सामान किन्न बाध्य भएका छन् । उपभोक्ताहरु पनि आफू ठगिएको थाहा हुंदाहुंदैपनि संम्बन्धित निकायमा उजुर नगरी कालाबजारीयाहरुलाई प्रश्रय दिईरहेका छन् ।
उपभोक्ताहरु आफू सचेत नभएसम्म कालाबजारीयाहरु मौलाउंदै जाने कुरामा दुईमत हुनसक्दैन् । अर्कातर्फ उजुरी गरिहालेपनि ठग ब्यापारीहरुलाई मिलापत्र गरी छोड्ने गलत परम्पराले गर्दा पनि कालाबजारीयाहरु ब्ढेका हुन् । नेपालमा दिनदहादै ठगी सम्बन्धी कानुन भएर पनि किन कारवाही हुंदैन अचम्मको विषयबस्तु बन्न पुगेको छ भने अर्कातिर उपभोक्ताहरुको अधिकारको लागि लड्ने संस्थाहरुको पनि प्रभावकारी भूमिका देखिएको छैन् । छिमेकी राष्ट्र भारतबाट आयात गरिएका कम तौलका ढक तराजुले बार ओगट्दै जाने हो भने मुलुकमा गंभिर अवस्था नआउला भन्न सकिंदैन ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












