किन हुन्छ ग्याष्ट्रिक ?

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो । यसलाई बोलिचालीमा ग्याष्ट्रिक भनिन्छ ।
लक्षणहरू
छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने
पेट पोल्नु
भोक हराउनु
अम्लपित्त बढ्नु
पेट भारी हुनु
रिंगटा लाग्नु
टाउको दुख्नु
पेट फुल्नु
वाक्वाकी लाग्ने
वान्ता हुने
ढ्याउ–ढ्याउ आउनु
पेट हुडल्ने
तौल कम हुने
आमाशयको भित्तामा भएको इन्फ्लामेसन (सुनिएर रातो, तातो भएर दुख्ने समस्या) का साथै आमाशयका भित्ताको लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई ग्यास्ट्रिक अल्सर भनिन्छ । ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो ।
कारक तत्वहरू
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ र जीर्ण गरेर दुई समूहमा बाँडिएको छ । तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागि हानि गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ । यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधि (एस्पिरिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन), मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, अस्वस्थ खानपान, ब्यायामको अभाव, तेलमा डुबाएका वा भुटेका खानेकुराहरू, रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज जस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू, जाँड–रक्सी, धूमपान तथा सुर्तीजन्य पदार्थ, कोकिन जस्ता मादक पदार्थ पर्दछन् । एच. पाइलोरीलगायत अन्य ब्याक्टेरिया, भाइरस संक्रमणले पनि हुने गर्छ । जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली, खानपानशैली, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ ।
जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ । अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ । व्यस्तता र भागदौडले भरिएको जीवन जिउनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासीनता र अनिद्राका रोगी, शारीरिक श्रम वा ब्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन् । लामो समयसम्म जाँडरक्सी, चिया, कफी, कार्बनिक पेय कोक, पेप्सी, आदि खानेमा पनि यो रोग ज्यादा देखिएको छ ।
ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि लाग्ने गर्छ । यसैगरी पेटको अपरेसन, कलेजो, मृगौला, फियो तथा आन्द्राका रोग, एचआईभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि यो देखा पर्न सक्छ ।
जटिलताहरू
यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ । यसैगरी भिटामिन बी–१२ को अवशोषणमा चाहिने तŒवहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, अन्ननली सुनिनु, दम बढ्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन् । ग्यास्ट्रिक बिग्रेर पेटमा प्वाल परेर मृत्यु पनि हुन सक्छ ।
उपचार
ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो । तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ । तसर्थः चिकित्सकको निगरानीमा रोगको निदान तथा उपचार गर्नतिर लागौं । दीर्घ÷जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, ब्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्यमैत्री हुने गरी समायोजन गर्नु हो ।
दुखाइ कम गर्ने औषधि (एस्पिरिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन), मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, अस्वस्थ खानपान, ब्यायामको अभाव, तेलमा डुबाएका वा भुटेका खानेकुराहरू रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज जस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू, जाँड–रक्सी, धूमपान तथा सुर्तीजन्य पदार्थ त्याग्ने, हानिकारक मानिएका खाना छाडेर रेशा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, सागसब्जी, सलाद–फलपूmल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ ।
त्यसैगरी स्याउ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जिराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं । पानी प्रशस्त पिउनुपर्छ यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानि पु¥याउन पाउँदैन । नियमित रूपमा पानी पिउने, सुत्नुअघि र उठिसकेपछि प्रशस्त पानी पिउने । तनावमुक्त रहने, प्याकिङ गरिएका रेडिमेट खानाहरू, कोक, पेप्सी जस्ता पेय पदार्थ खानु हुँदैन ।
व्यवस्थापन
– ग्यास्ट्राइटिस तनावपूर्ण जीवन जिउनेहरू, डर, चिन्ता, खिन्नता, उदासीनता र अनिद्राका रोगीलाई हुने रोग हो । तर्सथ तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो ।
– शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि, योगासन, योगनिद्रा, ध्यान विधिको अभ्यास गर्नुपर्छ । सकारात्मक चिन्तनलाई जीवनको अन्तिम अंग बनाउनुपर्छ ।
सावधानीहरू
– माथि उल्लेखित भएका जीवनशैलीमा बाँच्ने कोसिस गरौं ।
– दुखाइ कम गर्ने तथा अन्य औषधि चिकित्सकको परामर्शमा मात्र लिने गरौं ।
– माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं ।
– ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधि पूर्णरूपले खाने गरौं ।
– कलेजो, मृगौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं ।
– पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं ।
– कीटाणु ज्।एथयिचष् बाट बच्न सफा खाना, पानी र वातावरणको प्रयोग गरौं ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












