बार्सिलोना अध्यक्ष भने,-‘एनरिकेको बिकल्प सोचेका छैनौं’
काठमाडौं । स्पेनिस च्याम्पियन बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले क्लबका प्रशिक्षक लुइस एनरिकेको बिकल्पबारे सोचिनसकेको बताएका छन् । एनरिकेको बार्सिलोना भविश्य आगामी अप्रिलमा निर्णय हुनेछ ।
एनरिकेको बार्सिलोनासँगको सम्झौता यसै सिजनको अन्तिमसम्म मात्र हो । र गत आइतबार लेगानेसबिरुद्धको २–१ को संघर्षपूर्ण जितका बाबजुद पनि समर्थकले उनको आलोचना गर्न थालेका छन् ।
तर बार्सिलोनाका अध्यक्ष बार्टोमेउले स्पेनिस टेलिभिजन टिभी(थ्रीलाई दिएको अन्तर्वार्तामा क्लबको प्राथमिकता एनरिकेलाई निरन्तरता दिनु नै रहेको बताएका छन् । ‘गएका केहि बर्षमा उनले क्ललाई लगभग सबै उपाधि दिलाएका छन्, र बार्सिलोनाका समर्थक उनीसँग निकै खुसी छन्’ बार्टोमेउले भनेका छन् ।
सन् २०१४ मा क्लबमा आवद्ध भएपछि एनरिकेले डेब्यु सिजनमै च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको उपाधि जितेका थिए । गत सिजन पनि बार्सिलोनाले ला लिगा र कोपा डेल रे जितेको थियो ।
तर, यस सिजन भने बार्सिलोनाका लागि निक्कै संघर्षपूर्ण छ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पिएसजीसँग ४-० को पराजयले बार्सिलोना टिम र समर्थक निक्कै आहत छन् ।
ला लिगाको १७ औं स्थानमा रहेको लेगानेससँगको खेलमा पनि बार्सिलोनाले २(१ को संघर्षपूर्ण जित निकालेको थियो, जुन मेस्सीको अन्तिम मिनेटको पेनाल्टीले सम्भव भएको थियो ।
सन् २०१२ यता घरेलु लिग जित्न नसकेको रियल मड्रिड अहिले लिगको शीर्ष स्थानमा छ । बार्सिलोना मड्रिडभन्दा एक अंकले पछाडि छ तर, बार्सिलोनाले दुई खेल बढी खेलेको छ ।
‘हामीले आगामी अप्रिलमा एनरिकेसँग सोध्नेछौं कि उनके के महशुस गरिरहेका छन्, त्यो भन्दा अर्को योजना हामीसँग छैन’ बार्टोमेउले भने, ‘उनले आफ्नो जिम्मेबारी सफलतापूर्वक निभाएका छन् र हामी अहिले सिजनको सबैभन्दा महत्वपूर्ण क्षणमा छौं ।’
बार्सिलोना यस सिजन कोपा डेल रे को फाइनलमा पुगिसकेको छ र उपाधिका लागि अलाभेससँग खेल्दैछ । त्यस्तै आगामी मार्च ८ मा च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पिएसजीलाई घरमा स्वागत गर्दैछ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












