ओखलढुंगामा खुला पुरुष भलिबल प्रतियोगिता हुने
काठमाडौं । यही चैत १५ गतेदेखि ओखलढुंगाको गाम्नाङटारमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद पर्यटनको विकासका लागि दी युथ पावर नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं लगायत विभिन्न जिल्लाका १३ टोलीको सहभागिता रहने दी युथ पावर नेपालका खेलकुद संयोजक विजय बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् । यस्तै तेस्रो हुने टोलीले ३३ हजार तीन सय ३३ रुपैयाँ र सान्त्वना हुने टोलीले ११ हजार एक सय ११ रुपैयाँ हात पार्नेछ । यस्तै उत्कृष्ट खेलाडीले पाँच हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्सलाई नगद एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने आयोजकले जानकारी दियो ।
प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि गाउँमै होम स्टेको आयोजना गरिएको र उनीहरुले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्ने संयोजक बस्नेतले पत्रकार सम्मेलनका जानकारी दिए । प्रतियोगिता गाम्नाङटार सेवा समाजको सहकार्यमा आयोजना हुन लागेको हो ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












