भवानी राणाको तीन बर्षे कार्यकालका यस्ता छन् २१ योजना
१.पहिलो चरणमा यसअघिका अध्यक्ष तथा कार्यसमितिले अगाडि बढाएका योजनाहरुलाई निरन्तरता दिने।
२.देशलाई निर्माण गर्ने युवाहरु दैनिक देश वाहिर गइरहेको अवस्थामा उनीहरुलाई यहिँ राख्न विभिन्न काम गर्ने। उनीहरुलाई प्राविधिक तालिम दिनका लागि देशका सातै वटा प्रदेशमा सरकार तथा विदेशी निकायहरुसँग मिलेर टेक्निकल स्कुलहरु खोल्ने।
३. महासंघमा विज्ञ समूहको गठन गर्ने र त्यो समूहको सुझावमा कार्ययोजना अगाडि बढाउने।
४.नेपाल भारतबीचको व्यापारलाई थप विस्तार गर्ने, सीमा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने, जसमा भारतीय राजदुतावासको सहयोग लिने।
५.देशमा विभिन्न क्षेत्रमा पूर्वाधारको विकास गर्नका लागि सार्वजनिक नीजि साझेदारी ‘पिपिपी’ मोडेल अपनाउने।
६.देशको अस्थिर राजनीतिक अवस्थालाई कम गर्न सवै राजनीतिक दललाई एकै टेवुलमा राखेर देश विकास गर्ने शंकल्प प्रस्ताव बनाउने।
७.स्वदेशी बस्तु र उत्पादनलाई प्रोत्साहन र प्रवद्धन गर्ने।
८. जिल्ला तथा नगर वाणिज्य संघहरुलाई देश प्रादेशीक अवधारणामा गएको अवस्थामा शसक्तिकरण गर्ने।
९. कच्चा पदार्थको मूल्य अभिवृद्धि गर्ने र बस्तुको गुणस्तर बढाएर भ्यालु एड गर्ने।
१०। जलविद्युत क्षेत्रको निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने।
११. यसअघि महासंघले लिएको भूउपयोग नीतिलाई अगाडि लैजाने।
१२.देशका प्रमुख सात शहरहरुमा शहरी विकास मन्त्रालयसँग मिलेर स्मार्ट सिटीको घोषणा गर्ने। त्यसको सुरुवात काठमाडौंबाट गर्ने।
१३. सरकार र नीजि क्षेत्रका बीच देखिएको कर विवादलाई समाधान गर्ने।
१४. महासंघ केद्रीय कार्यालयमा रिसर्च एण्ड डेभलपमेन्ट विङको स्थापना गर्ने। यसवाट उत्पादनमुलक तथा सेवामुलक उद्योगको स्थापना तथा सञ्चालनका लागि सहयोग गर्ने।
१५.देशका मुख्य सहरहरुमा देखिएको मास ट्रान्सपोर्टेसनलाई व्यवस्थित तरिकाले अगाडि बढाउन सहयोग गर्ने र त्यसमा पिपिपी मोडेलमा अगाडि बढाउने।
१६.नेपाल राष्ट्र बैङ्कको सहयोगमा विभिन्न परियोजनाहरुमा निश्चित प्रतिशत लगानी गर्नका लागि नीतिगत व्यवस्था तयार गर्ने।
१७। पूँजीगत खर्च बढाउन निर्माण सामाग्री नपाउने अवस्थाको अन्त्य तथा विकासमा सहकार्य गर्ने।
१८. दिगो पर्यटन विकास तथा सूचना प्रविधिको विकासमा कामहरु गर्ने।
१९. महिला उद्यमशीलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने।
२०.महासंघभित्र देखिएको अस्तव्यस्त प्रशासनलाई चुस्त दुरुस्त बनाउने।
२१. अन्तराष्ट्रिय सम्वन्धलाई बढाउने महत्वपूर्ण पहलकदमी लिने।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












