भवानी राणाको तीन बर्षे कार्यकालका यस्ता छन् २१ योजना
१.पहिलो चरणमा यसअघिका अध्यक्ष तथा कार्यसमितिले अगाडि बढाएका योजनाहरुलाई निरन्तरता दिने।
२.देशलाई निर्माण गर्ने युवाहरु दैनिक देश वाहिर गइरहेको अवस्थामा उनीहरुलाई यहिँ राख्न विभिन्न काम गर्ने। उनीहरुलाई प्राविधिक तालिम दिनका लागि देशका सातै वटा प्रदेशमा सरकार तथा विदेशी निकायहरुसँग मिलेर टेक्निकल स्कुलहरु खोल्ने।
३. महासंघमा विज्ञ समूहको गठन गर्ने र त्यो समूहको सुझावमा कार्ययोजना अगाडि बढाउने।
४.नेपाल भारतबीचको व्यापारलाई थप विस्तार गर्ने, सीमा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने, जसमा भारतीय राजदुतावासको सहयोग लिने।
५.देशमा विभिन्न क्षेत्रमा पूर्वाधारको विकास गर्नका लागि सार्वजनिक नीजि साझेदारी ‘पिपिपी’ मोडेल अपनाउने।
६.देशको अस्थिर राजनीतिक अवस्थालाई कम गर्न सवै राजनीतिक दललाई एकै टेवुलमा राखेर देश विकास गर्ने शंकल्प प्रस्ताव बनाउने।
७.स्वदेशी बस्तु र उत्पादनलाई प्रोत्साहन र प्रवद्धन गर्ने।
८. जिल्ला तथा नगर वाणिज्य संघहरुलाई देश प्रादेशीक अवधारणामा गएको अवस्थामा शसक्तिकरण गर्ने।
९. कच्चा पदार्थको मूल्य अभिवृद्धि गर्ने र बस्तुको गुणस्तर बढाएर भ्यालु एड गर्ने।
१०। जलविद्युत क्षेत्रको निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने।
११. यसअघि महासंघले लिएको भूउपयोग नीतिलाई अगाडि लैजाने।
१२.देशका प्रमुख सात शहरहरुमा शहरी विकास मन्त्रालयसँग मिलेर स्मार्ट सिटीको घोषणा गर्ने। त्यसको सुरुवात काठमाडौंबाट गर्ने।
१३. सरकार र नीजि क्षेत्रका बीच देखिएको कर विवादलाई समाधान गर्ने।
१४. महासंघ केद्रीय कार्यालयमा रिसर्च एण्ड डेभलपमेन्ट विङको स्थापना गर्ने। यसवाट उत्पादनमुलक तथा सेवामुलक उद्योगको स्थापना तथा सञ्चालनका लागि सहयोग गर्ने।
१५.देशका मुख्य सहरहरुमा देखिएको मास ट्रान्सपोर्टेसनलाई व्यवस्थित तरिकाले अगाडि बढाउन सहयोग गर्ने र त्यसमा पिपिपी मोडेलमा अगाडि बढाउने।
१६.नेपाल राष्ट्र बैङ्कको सहयोगमा विभिन्न परियोजनाहरुमा निश्चित प्रतिशत लगानी गर्नका लागि नीतिगत व्यवस्था तयार गर्ने।
१७। पूँजीगत खर्च बढाउन निर्माण सामाग्री नपाउने अवस्थाको अन्त्य तथा विकासमा सहकार्य गर्ने।
१८. दिगो पर्यटन विकास तथा सूचना प्रविधिको विकासमा कामहरु गर्ने।
१९. महिला उद्यमशीलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने।
२०.महासंघभित्र देखिएको अस्तव्यस्त प्रशासनलाई चुस्त दुरुस्त बनाउने।
२१. अन्तराष्ट्रिय सम्वन्धलाई बढाउने महत्वपूर्ण पहलकदमी लिने।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












