सगरमाथा धनगढी प्रिमियर लिग : उपाधिका लागि बिराटनगर किङ्गस र टिम चौराहा भिड्ने
काठमाडौं । सगरमाथा धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको उपाधिका लागी बिराटनगर किङ्ग्स र टिम चौराहा धनगढी भिड्ने भएका छन् । आज भएको दोस्रो क्वालिफायर म्याचमा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनको फराकिलो अन्तरले हराउँदै धनगढीले बिराटनगरसंगको उपाधि भिडन्त पक्का गरेको हो ।
७३ रनको उच्च चुनाती पछ्याएको रुपन्देही १५ दशमलब २ ओभरमा ८० रनमै समेटिएको थियो । ८ ब्याट्सम्यानले दोहोरो स्कोरको अंक छुन नसकेको रुपन्देहीको ईनिङस्मा कृष्ण कार्की र राजेश पुलामी मगरले सर्वाधिक समान १४ रन बनाए । पुष्प थापाले १३ रन बनाए । उसलाई कम स्कोरमा रोक्न ललित राजबंशी र सौरभ खनालले समान ३ तथा आरिफ शेखले २ विकेट हात पारे । समुह चरणका ४ खेलमा लगातार जित हात पार्दै क्वालिफायरमा प्रबेश गरेको रुपन्देही त्यसपछिका ३ खेलमा लगातार हार ब्योहार्दै प्रतियोगीताबाट बाहिरिएको हो ।
यसअघि धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङ मद्धतमा १ सय ७२ रनको उच्च योगफल तयार पारेको थियो । ४१ बलको सामना गरेका खड्काले ४ छक्का र ६ चौकाको मद्धतमा अबिजित ६७ रन बनाए । खड्का म्यान अफ दि म्याच घोषित भए ।
राजु रिजालले २५ र सौरभ खनालले नटआउट २४ रन बनाएको धनगढीको ईनिङसमा अमर राउटेलाले १६ र अनिल मण्डलले १३ रनको योगदान गरे । रुपन्देहिका कृष्ण कार्कीले २ तथा बिक्रम भुषाल र साहाव आलमले समान एक एक विकेट हात पारे । रुपन्देहि बिरुद्ध धनगढीले बनाएको योगफल जारी प्रतियोगीताको सर्बाधिक दोस्रो उच्च स्कोर हो । यसअघि बिराटनगर किङ्ग्स बिरुद्ध काठमाडौं गोल्डेन्सले १ सय ७३ रनको योगफल तयार पारेको थियो । धनगढीले उपाधिका लागी पर्सि शनिबार बिराटनगर किङ्ग्स्संग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो क्वालिफायर म्याचमा बिराटनगरले रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै फाईनलमा स्थान बनाईसकेको छ । चैत्र २८ गतेबाट जारी प्रतियोगीतामा ६ टोली सहभागी थिए । प्रतियोगीताको उपाधि बिजेताले १५ तथा उपबिजेता टोलीले ७ लाख रुपैयाँ हात पार्नेछन् ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












