इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण कराँते हुने
इलाम। जिल्लाको सूर्याेदय नगरपालिकास्थित फिक्कल बजारमा ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराँते प्रतियोगिता’ आयोजना गरिने भएको छ । नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका ४०० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
सितोरियो कराँते सङ्घले फिक्कलमा वैशाख १६ र १७ गते फिक्कल बजारमा प्रतियोगिता आयोजना गर्ने जनाएको हो । प्रतियोगितामा इलामका २५०, भारतका ३००, श्रीलङ्काका २५ भुटानका १५ र बङ्गलादेशका पनि त्यही हाराहारी खेलाडीले सहभागिता जनाउने सङ्घका अध्यक्ष तथा कराँतेका अन्तर्राष्ट्रिय निर्णायक योगेश चाम्लिङले बताउनुभयो ।
“हामी इलामे खेलाडी नै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पर्याप्त छौँ भन्ने लागेर अन्य जिल्लाका साथीहरूलाई बोलाइएन”, चाम्लिङले भन्नुभयो – “जिल्लाकै खेलाडीको क्षमता विकास गर्ने र पहिचान बनाउने प्रतियोगिताको उद्देश्य हो ।” चाम्लिङले जिल्लालाई खेलकुद क्षेत्रमा पनि चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ २० देखि ७५ किलो तौल समूह र त्यसभन्दामाथि खुला गरी २० बेग्लाबेग्लै समूहमा प्रतिस्पर्धा गराइने छ । महिलातर्फ २५ देखि ६५ र त्यसभन्दा माथि खुला गरी ११ तौल समूहमा प्रतिस्पर्धा गराइने छ । प्रतियोगिताका विजेताले पदक र प्रमाणपत्र पाउनेछन् । विजेता र उपविजेता टिमलाई ट्रफी प्रदान गरिने छ । “प्रतियोगितामा खेलाडी छान्न जिल्लाका २२ स्थानमा प्रशिक्षण दिइरहेका छौँ”, अन्तर्राष्ट्रिय निर्णायक चाम्लिङले भन्नुभयो – “जिल्लाका ७०० खेलाडीबाट प्रतियोगितामा भाग लिने अढाइ सय जति छान्नुपर्नेछ ।”
जिल्ला समन्वय समिति, सूर्याेदय नगरपालिका कार्यालय, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, सूर्याेदय होटल सङ्घ, नगरपालिकाका चिया उद्योगलगायतले पनि प्रतियोगिता आयोजनामा सहयोग गर्ने बताएका छन् ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












