युरोपा लिगः म्यानचेस्टर र आयाक्स फाईनलमा प्रवेश

काठमाडौं, २९ बैशाख । म्यान्चेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको सेमिफाईनल दोस्रो लेगको खेलमा स्पेनको सेल्टा भिगोसँग १–१ गोलको बराबरीमा रोकिएको म्यान्चेस्टर युनाईटेड समग्रमा भने २–१ को जित निकाल्दै फाईनलमा पुगेको हो । यसअघि सेल्टा भिगोको मैदानमा भएको पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाईटेड १–० ले विजयी भएको थियो ।
म्यान्चेस्टर युनाईटेडले अब नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग फाईनल खेल्नेछ । गएराति भएको अर्को खेलमा फ्रान्सको लियोंसँग ३–१ ले पराजित भएपनि समग्रमा ५–४ ले विजयी हुँदै डच क्लव आयाक्स पनि फाईनलमा पुगेको हो । पहिलो लेगको खेलमा आयाक्स ४–१ ले विजयी भएको थियो ।
म्यान्चेस्टर युनाईटेड र आयाक्स एम्सटरडमबीचको फाईनल खेल आगामी जेठ १० गते स्विडेनको स्टकहोममा हुनेछ । इंग्लिश प्रिमियर लिगको शीर्ष चारभित्र पर्ने सम्भावना कमजोर भएको म्यान्चेस्टर युनाईटेडका लागि अर्को सिजनको च्याम्पियन्स लिग खेल्न जारी युरोपा लिगको उपाधि जित्नुपर्ने बाध्यता छ ।
Comments
अरु समाचार
-
केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्र एफसीले जित्यो
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी...
-
केपी ओली कप: उपाधिका लागि आज मच्छिन्द्र र त्रिभुवन आर्मीको भिडन्त
काठमाण्डौ । तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन्...
-
आइसीसी च्याम्पियन्स ट्रफीको समूह विजेता बन्यो भारत
काठमाण्डौ । आइसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र...
-
च्याम्पियन्स ट्रफी : आज भारत र न्युजिल्यान्डको भिडन्त प्रतिस्पर्धा हुँदै
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। समूह ए अन्तर्गतको उक्त...
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ...
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा जारि फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ...
-
केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा
काठमाडौं । त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको...
-
आजदेखि केपी ओली कप, विश्वचर्चित फुटबलर जियानलुजी आउने
काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आज (आइतबार) देखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने...
-
प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री कप (पुरुष) राष्ट्रिय क्रिकेट प्रतियोगिताका २०८१ का सम्पुर्ण खेल लुम्बिनी प्रदेशमा हुने भएका छन् । फागुन २५...