म्यानचेस्टर सिटी र आर्सनलद्धारा प्रभावशाली जित, छनौट हुने सम्भावना कामयै
काठमाडौं, ३१ बैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलमा जित निकाल्दै म्यानचेस्टर सिटी र आर्सनलले शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कामय राखेका छन् । लिग अन्तर्गत राति भएको खेलमा म्यानचेस्टर सिटीले साबिक विजेता लेस्टर सिटीलाई २–१ ले हराएको हो ।
म्यानचेस्टर सिटीको मैदानमा भएको खेलमा सिटीलाई जिताउन डेविड सिल्भा र गाब्रियल डी जिससले गोल गरे । लेस्टरका लागि शिन्जी ओकाजाकीले गोल गरे । अर्को खेलमा आर्सनलले स्टोक सिटीलाई ४–१ ले हरायो । आसर्नलको जितमा ओलिभर जिरउडले दुई तथा मेसुट ओजिल र एलेक्स सान्चेजले एक एक गोल गरे ।
स्टोक सिटीका लागि क्रोउचले एक गोल फर्काए । जितपछि तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको लिगका दुई खेल बाँकी हुँदा ७२ अंक भएको छ । चौंथो स्थानको लिभरपुलको ७० अंक छ । पाँचौं स्थानमा रहेको आर्सनलको ६९ अंक भएको छ । राति भएका अरु खेलमा बोर्नमाउथले बर्नली तथा साउथह्याम्पटनले मिडल्सबर्गलाई समान २–१ तथा स्वान्सी सिटीले सन्डरल्याण्डलाई २–० ले हरायो ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












