ताजा समाचार

लिभरपुल वेष्ट ह्यामलाई ४–० ले हराउँदै फेरि तेस्रो स्थानमा फर्कियो


काठमाडौं, १ जेठ । लिभरपुल इंग्लिस प्रिमियर लिगको फेरि तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा वेष्ट ह्यामलाई ४–० ले हराउँदै लिभरपुल तेस्रो स्थानमा उक्लिएको हो । राति अवे मैदानमा भएको खेलमा लिभरपुलको जितमा फिलिप कोन्टिन्होले दुई तथा ड्यानियल स्टुर्रिज र डिवोक ओरिगीले एक एक गोल गरे ।

जितपछि लिभरपुलको लिगको एक खेल बाँकी हुँदा ७३ अंक भएको छ । उ चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा एक अंकले अघि छ । अर्को खेलमा क्रिष्टल प्यालेसले हल सिटीलाई ४–० ले हरायो । हारपछि हल सिटी रेलिगेशनमा परेको छ । क्रिष्टल प्यालेस भने एक खेल बाँकी हुँदा ४१ अंकसहित १३ औं स्थानमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org