स्पेनिस ला लिगाको उपाधी रियल मड्रिडलाई
काठमाडौं, ८ जेठ । यस सिजनको स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । लिगको अन्तिम खेलमा मालागालाई २-० ले पराजित गर्दै रियलले ५ वर्षयता पहिलो पटक ला लिगाको च्याम्पियन बनेको हो। अन्तिम खेलमा बार्सिलोनाले आइबरलाई ४-२ ले हराएपनि उपाधि जोगाउन पर्याप्त भएन।
रियलले मालागालाई उसैको मैदानमा हराउने क्रममा क्रिस्टियानो रोनाल्डो र किरम बेन्जामाले एक एक गोल गरे। जितपछि रियलले ३८ खेलबाट ९३ अंक जोड्यो। यता २ गोलले पछि परेको स्थिती उल्टाउँदै बार्सिलोनाले दश खेलाडीको आइबरलाई ४-२ ले हरायो। ३८ खेलबाट बार्सिलोनाले ९० अंक बनायो। बार्सिलोनाको जितमा लियोनल मेसीले २ तथा लुइस सुवारेजले १ गोल गरे। आइबरका डेभिड जुनकाले आत्मघाती गोल उपहार दिए।
त्यसअघि बार्सिलोनाको घरेलु मैदानमा जापानी खेलाडी ताकासी इनुइले २ गोल गर्दै पहिलो हाफमै आइबरलाई २-० को अग्रता दिलाएका थिए। खेल २-२ को बराबरी रहेको अवस्थामा आइबरका एन्डर कापाले दोहोरो पहेँलो कार्ड सामना गरेका थिए।
लिगाकै अन्य खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिक विल्वाओलाई ३-१ ले हरायो भने सेभियाले ओसासुनालाई ५-० ले पराजित गर्यो। एथ्लेटिको तेस्रो स्थानमा रहदै अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनौट हुँदा सेभियाले भने च्याम्पियन्स लिगका लागि प्लेअफ खेल्नुपर्नेछ।
यस्तै भियारियलले भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै आगामी सिजनको युरोपा लिगमा स्थान बनाएको छ। सेल्टाभिगोसँग २-२ को बराबरीमा रोकिएको रियल सोसिडाडले भने युरवपा लिगको लागि प्लेअफ खेल्नुपर्नेछ। एथ्लेको मड्रिडसँग हारेको विल्वाओ भने सोसिडाड भन्दा एक अंक पछि पर्दै युरोपियन प्रतियगिताको लागि छनौट हुन सकेन।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












