पश्चिमाञ्चल प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा प्रवेश
काठमाडौं, १८ जेठ । पश्चिमाञ्चल विकास क्षेत्र प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दुई खेलमा जित निकाल्दै समूह एमा रहेको पश्चिमाञ्चल जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटको सेमिफाइनलमा प्रबेश गरेको हो । बुधबार भएको खेलमा मध्यमाञ्चललाई ९५ रनले हराएको पश्चिमाञ्चलले बिहीबार भएको खेलमा मध्यपश्चिमाञ्चललाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूह चरणको आफ्नो पहिलो खेलमा एपिएफसँग पराजित भएको पश्चिमाञ्चलले त्यसयताका दुई खेलमा चार अंक जोड्दै ४ अंक बनाएको छ । दुई खेल खेल्न बाँकी एपिएफको २ अंक छ । उसका बाँकी खेलहरु सकिएपछि समूह बिजेता र उपबिजेताको टुंगो लाग्नेछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मध्यपश्चिमले दिएको ६३ रनको लक्ष्य पश्चिमाञ्चलले ११.१ ओभरमा ६६ रन बनाएर पूरा गर्यो । उसका लागि अनिल गुरुङले २३ र नूरध्वज सेनले १९ रनको अविजित पारी खेले ।
यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिम २३ ओभरमा ६२ रनमै अलआउट भयो । उसका लागि कप्तान शुवेन्दु पाण्डे, राजवीर सिंह र अमरसिंह रौतेलाले समान १३/१३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन छुन सकेनन् । मञ्यपश्चिमका ६ जना ब्याट्सम्यानले खाता खोल्नै सकेनन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












