सशस्त्र प्रहरी प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा
काठमाडौं, १९ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर मैदानमा शुक्रबार भएको खेलमा मध्यपश्चिमाञ्चललाई ५ विकेटले हराउँदै सशस्त्र सेमिफाइनल प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।
मध्यपश्चिमका अनुपम सिंहले ५६ रन तथा राजवीर सिंहले ३७ रन जोडे । बलिङतर्फ सशस्त्रका भुवन कार्कीले ३ विकेट लिए । जवाफमा १ सय ८२ रनको लक्ष्य सशस्त्रले २८ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । सशस्त्रका सन्दीप सुनारले ८७ रन जोड्दा आसिफ शेखले ४० रनको योगदान दिए ।
जितसँगै सशस्त्रले समूहमा अन्तिम खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । यो समूहबाट पश्चिमाञ्चल पनि सेमिफाइनलमा पुगिसकेको छ । समूह ‘बी’बाट दुई विभागीय टोलीहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
Comments
अरु समाचार
-
स्टार स्पोर्ट्सको सम्झौताप्रति तीन संस्थाको आपत्ति, राष्ट्रिय हितविपरीत सम्झौता भएको टिप्पणी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल...
-
नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स...
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...
-
तेस्रो एकदिवसीय खेलमा अफगानिस्तानले शृङ्खला जित्यो
काठमाडौं । अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१...
-
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित
काठमाडौँ : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी...
-
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने क्यानको तयारी
काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको क्रिकेट...
-
राष्ट्रिय फुटबल खेलाडी पूजा राना सम्मानित
काठमाडौं । भर्खरै सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी नेपाली महिला फुटबल टोलीकी राष्ट्रिय खेलाडी...
-
यु–१९ महिला टि–२० विश्वकपः नेपालको लगातार दोस्रो जित
काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । संयुक्त अरब...
-
महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै
काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले थाइल्याण्डसँग खेल्दै छनोट...