रोनाल्डोको दुई गोलको मदतमा च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडको कब्जामा
काठमाडौं, २१ जेठ । रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको छ । क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको हो । यससँगै रियल लगातार दुई सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो क्लब समेत बनेको छ । साथै रियलको यो १२ औं कीर्तिमानी उपाधि समेत हो ।
शनिबार राति भएको फाइनलमा रियल मड्रिडले इटालियन च्याम्पियन युभेन्टसलाई ४-१ गोल अन्तरले हराएको छ । कार्डिफमा भएको खेलमा रियलले २० औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । २७ औं मिनेटमा युभेन्टसका मारियो मान्जुकिजले बराबरी गोल फर्काए र पहिलो हाफ १-१ को बराबरीमा सकियो ।
तर, दोस्रो हाफमा युभेन्टसले रियल मड्रिडलाई रोक्न सकेन । ६१ औं मिनेटमा कासिमेरोले गोल गर्दै टिमलाई २-१ अग्रता दिलाए भने तीन मिनेटपछि नै रोनाल्डोले दोस्रो गोल गरे । र, रियल ३-१ ले अगाडि रहृयो ।
खेलको ८४ औं मिनेटमा युभेन्टसलाई अर्को झड्का लाग्यो । उसका जुआन रातो कार्ड खाँदै मैदानबाट बाहिरिए र युभेन्टस १० खेलाडीमा सिमित भयो । ९० औं मिनेटमा एसेन्सिओले गोल गरेपछि रियल मड्रिड ४-१ ले विजयी भएको छ ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












