आज नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हुँदै
काठमाडौं, २३ जेठ । नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी एसियन कप क्वालिफायरको तयारीमा रहेको नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच आज साँझ मुम्बईमा मैत्रीपूर्ण फुटबल हुन लागेको हो । मुम्बईको अंधेरी स्पोर्टस् कम्प्लेक्समा नेपाली समयअनुसार साँझ सवा सातबजेदेखि दुई टोलीबीचको खेल सुरु हुनेछ ।
मुम्बईमा सोमबार आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली प्रशिक्षक ग्योतोकु कोजीले भारतसँग हुने मैत्रीपूर्ण खेल कठिन तर महत्वपूर्ण भनेका छन् । ‘यो खेल एफसी क्वालिफायर्सका लागि तयारी हो । भारतसँगको खेल हाम्रो लागि महत्वपूर्ण छ । खेल कठिन र महत्वपूर्ण छ ।’ कोजीले भने ।
यता भारतीय प्रशिक्षक स्टेफन कनस्नटाइनले नेपालसँगको खेल सधैं प्रतिस्पर्धात्मक हुने बताए । ‘हामी राम्रो खेलको प्रतीक्षामा छौं र आशा छ हामी खेल जित्नेछौं ।’ उनले भने । उनले किर्गिस्तानविरुद्ध हुने एसियन कप क्वालिफायर्सका लागि नेपालसँगको खेल महत्वपूर्ण भएको बताए ।
भारत अहिले फिफा वरीयतामा सयौं स्थानमा छ । यसअघि भारतले लेवनानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएपनि लेवनानले आन्तरिक कारण नखेल्ने बताएपछि भारत फुटबल संघले नेपाललाई प्रस्ताव राखेको थियो ।
नेपालले यही जेठ ३० गते एसियन कप क्वालिफायर्स अन्तर्गत घरेलु मैदानमा यमनसँग खेल्दैछ । त्यही दिन भारतले पनि कीर्गिस्तानसँग खेल्दैछ । भारतले आफ्नो समूहको पहिलो खेल जितेको थियो भने नेपाल फिलिपिन्ससँग पराजित भएको थियो ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












