आज नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हुँदै
काठमाडौं, २३ जेठ । नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी एसियन कप क्वालिफायरको तयारीमा रहेको नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच आज साँझ मुम्बईमा मैत्रीपूर्ण फुटबल हुन लागेको हो । मुम्बईको अंधेरी स्पोर्टस् कम्प्लेक्समा नेपाली समयअनुसार साँझ सवा सातबजेदेखि दुई टोलीबीचको खेल सुरु हुनेछ ।
मुम्बईमा सोमबार आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली प्रशिक्षक ग्योतोकु कोजीले भारतसँग हुने मैत्रीपूर्ण खेल कठिन तर महत्वपूर्ण भनेका छन् । ‘यो खेल एफसी क्वालिफायर्सका लागि तयारी हो । भारतसँगको खेल हाम्रो लागि महत्वपूर्ण छ । खेल कठिन र महत्वपूर्ण छ ।’ कोजीले भने ।
यता भारतीय प्रशिक्षक स्टेफन कनस्नटाइनले नेपालसँगको खेल सधैं प्रतिस्पर्धात्मक हुने बताए । ‘हामी राम्रो खेलको प्रतीक्षामा छौं र आशा छ हामी खेल जित्नेछौं ।’ उनले भने । उनले किर्गिस्तानविरुद्ध हुने एसियन कप क्वालिफायर्सका लागि नेपालसँगको खेल महत्वपूर्ण भएको बताए ।
भारत अहिले फिफा वरीयतामा सयौं स्थानमा छ । यसअघि भारतले लेवनानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएपनि लेवनानले आन्तरिक कारण नखेल्ने बताएपछि भारत फुटबल संघले नेपाललाई प्रस्ताव राखेको थियो ।
नेपालले यही जेठ ३० गते एसियन कप क्वालिफायर्स अन्तर्गत घरेलु मैदानमा यमनसँग खेल्दैछ । त्यही दिन भारतले पनि कीर्गिस्तानसँग खेल्दैछ । भारतले आफ्नो समूहको पहिलो खेल जितेको थियो भने नेपाल फिलिपिन्ससँग पराजित भएको थियो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












