फिफा कन्फेडेरेसन कपमा रुसको विजयी सुरुवात, न्यूजिल्याण्ड २-०ले पराजित
काठमाडौं, ४ असार । मिनी विश्वकपको नामले चिनिने फिफा कन्फेडेरेसन कप फुटबलमा आयोजक रुसले विजयी सुरुवात गरेको छ ।शनिबार भएको खेलमा रुसले ओसियाना समूहको विजेता टोली न्यूजिल्याण्डलाई २-० ले हराएको हो । सेन्ट पिट्सवर्गमा भएको खेलमा घरेलु टोली रुसले सुरुदेखि नै नियन्त्रण जमाएको थियो ।
रुसलाई विजयी गराउन फेडर स्मोलोभले एक गोल गर्दा न्युजिल्याण्डका मिचेल बोक्सलले एक आत्माघाती गोल गरेका थिए । जितसँगै रुसले समूहमा तीन अंक जोडेको छ । विश्वका ६ महादेशका च्याम्पियन टोलीसँगै साविक विश्वकप विजेता र आयोजक टोलीले खेल्ने कन्फेडेरेशन कप फुटबलमा आज दुई खेल हुनेछन् ।
आज हुने खेलमा युरोपियन च्याम्पियन पोर्चुगल र मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको भिड्दा दक्षिण अमेरीकी च्याम्पियन चिलीले अफ्रिकी च्याम्पियन क्यामरुनसँग खेल्नेछ । प्रतियोगितामा एसीयन च्याम्पियन अष्ट्रेलिया र विश्वकप विजेता जर्मनी पनि सहभागि छन् । कन्फेडेरेशन कप फुटबललाई अर्को वर्ष हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिन्छ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












