फिफा कन्फेडेरेसन कपमा रुसको विजयी सुरुवात, न्यूजिल्याण्ड २-०ले पराजित
काठमाडौं, ४ असार । मिनी विश्वकपको नामले चिनिने फिफा कन्फेडेरेसन कप फुटबलमा आयोजक रुसले विजयी सुरुवात गरेको छ ।शनिबार भएको खेलमा रुसले ओसियाना समूहको विजेता टोली न्यूजिल्याण्डलाई २-० ले हराएको हो । सेन्ट पिट्सवर्गमा भएको खेलमा घरेलु टोली रुसले सुरुदेखि नै नियन्त्रण जमाएको थियो ।
रुसलाई विजयी गराउन फेडर स्मोलोभले एक गोल गर्दा न्युजिल्याण्डका मिचेल बोक्सलले एक आत्माघाती गोल गरेका थिए । जितसँगै रुसले समूहमा तीन अंक जोडेको छ । विश्वका ६ महादेशका च्याम्पियन टोलीसँगै साविक विश्वकप विजेता र आयोजक टोलीले खेल्ने कन्फेडेरेशन कप फुटबलमा आज दुई खेल हुनेछन् ।
आज हुने खेलमा युरोपियन च्याम्पियन पोर्चुगल र मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको भिड्दा दक्षिण अमेरीकी च्याम्पियन चिलीले अफ्रिकी च्याम्पियन क्यामरुनसँग खेल्नेछ । प्रतियोगितामा एसीयन च्याम्पियन अष्ट्रेलिया र विश्वकप विजेता जर्मनी पनि सहभागि छन् । कन्फेडेरेशन कप फुटबललाई अर्को वर्ष हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिन्छ ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












