भारतको लज्जास्पद हार, पाकिस्तानले इतिहास रच्दैं च्याम्पियन्स ट्रफी जित्यो
काठमाडौं, ५ असार । चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ । साथै आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो ।
टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय लियो, जुन गलत साबित भयो । अजहर अली र फखार जमानले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गर्दै पाकिस्तानलाई निकै राम्रो सुरुवात दिलाए ।
अली ५९ रन बनाएर आउट भए । उनी रन आउट भए । तेस्रो नम्बरमा आएका बाबर अजमले पनि फखारलाई राम्रो साथ दिए । दुबैले ७२ रनको साझेदारी गर्दै टोलीको स्कोर २०० रन पुर्याए । ११४ रन बनाएका फखार जमानलाई हार्दिक पाण्डेयले रविन्द्र जडेजाको हातबाट क्याच गराए । सोएब मल्लिक मात्र १२ रनमा आउट भए । बाबर अजम मात्र ४ रनले अर्धशतक बनाउन चुके । तर, मोहम्मद हाफिज र इमाद वासिमसँग मिलेर पाकिस्तानको स्कोर ३३८ रनमा पुर्याए ।
३३९ रनको विजयी लक्ष्य पछ्याएको भारतको सुरुवात निकै खराब रहृयो । पाकिस्तानको बलरहरुसामू भारतीय टप अर्डरका ब्याट्सम्यानहरु निरिह बने । टिमले खाता नै खोल्न नपाउँदा तेस्रो बलमा रोहित शर्मा आउट भए । भारतको छ रन हुँदा विराट कोहली ५ रनमा आउट भए । यो भारतका लागि ठूलो झड्का थियो भने पाकिस्तानका लागि जितका लागि ठूलो खुड्किलो पार ।
पाकिस्तानी बलरहरुका सामू भारतका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । शिखर धवन पनि २१ रनमै आउट भए । सुरुवाती तीनै विकेट हसन अलीले लिएका थिए । चौथो विकेटका रुपमा युवराज सिंह २२ रनमा आउट हुँदा महेन्द्र सिंह धोनी पनि टिक्न सकेनन् । उनी मात्र ४ रनमा आउट भए । छैटौं विकेटका रुपमा केदार जादव ९ रनमा आउट हुँदा भारतको स्कोर मात्र ७२ रन थियो । योसँगै भारतको हार लगभग तय भयो ।
सातौं विकेटका लागि हार्दिक पाण्डेय र रविन्द्र जडेजाले ८० रनको साझेदारी गरे । यो भारतका लागि केही राहत थियो । तर, जितका लागि पर्याप्त थिएन । पाण्डेय रन आउट भएपछि भारत धरासायी भयो । उनी ७६ रनमा आउट हुँदा टिमको स्कोर १५२ रन थियो । थप चार रन जोड्दा भारत अलआउट भयो । भारतलाई मात्र ३०.३ ओभरमा अलआउट गर्ने क्रममा मोहम्मद अमिर र हसन अलीले ३-३ विकेट लिए । सहदाव खानले २ विकेट लिए भने जुनिद खानको नाममा एक विकेट रहृयो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












