को हुन् भारतीय बलरलाई रुवाउने पाकिस्तानी ब्याट्सम्यान फखर जमान ?
काठमाडौं, ५ असार । खेलको मैदानमा स्टार त्यही हुन्छ, जसले महत्त्वपूर्ण समयमा आफ्नो भूमिका दमदार रुपमा निभाउँछ । यदि त्यो खेलाडी पाकिस्तानको हो भने भारतविरुद्ध कुनै पनि बेला चुक्नु हुँदैन । पाकिस्तानी ब्याट्सम्यान फखर जमानले च्याम्पियन्स लिगको फाइनलमा महत्त्वपूर्ण भूमिका खेले र भारतविरुद्ध शानदार शतक बनाए ।
यो प्रतियोगिता अघि क्रिकेटको दुनियामा फखर जमानको नाम शायदै कसैले सुनेका थिए । यसै प्रतियोगिताबाट उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे । आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ३१ रन बनाएका उनले श्रीलंकाविरुद्ध ५० रन बनाए । सेमिफाइनलमा अजहर अलीसँग शतकीय साझेदारी गरेका उनले व्यक्तिगत ५७ रन बनाए । फाइनलमा उनले १०६ बलमा ११४ रन बनाए ।
जमानले आफ्नो पारीमा १२ चौका र ३ छक्का हाने । उनको ब्याटिङ हेरेपछि स्टार स्पोर्टसमा लाइभ कमेन्ट्री गरिरहेका सुनिल गावस्करले भने कि जमानले फ्रन्ट फुट र ब्याकफुटमा जगबको सट खेले र मैदानको दुबैतर्फ राम्रो खेले ।
रोचक त के भने क्रिकेटको मैदानमा कमाल गरेका फखर जमानको परिवार चाहँदैनथे कि उनले क्रिकेट खेलुन् । पाकिस्तानको पख्वातुनमा जन्मिएका फखरका पिता सरकारी वन्यजीव संरक्षण एजेन्सीमा काम गर्थे र आफ्नो छोरा सरकारी जागिरे होस् भन्ने उनको चाहना थियो । उच्च शिक्षा पूरा गरेपछि उनी पाकिस्तानी नौसेनामा आवद्ध भए ।
२००७ मा उनी नौसेनाको सेलर बने । त्यसबेला पाकिस्तानी नौसेनाको क्रिकेट टिम पनि थियो र फखरले त्यहीँ खेल्न थाले । कोच आजम खानले उनको प्रतिभालाई चिने । फखर पनि क्रिकेटमै रमाउन थाले र २०१३ मा नौसना छाडे । यद्यपि, परिवारलाई उनको जागिरबाट प्राप्त हुने रकम जरुरी थियो । तर, फखरले निर्णय लिइसकेका थिए कि अबको लक्ष्य क्रिकेट नै हो ।
त्यही क्रममा पाकिस्तानी ब्याट्सम्यान युनुस खानसँग उनको भेट भयो र उनले आफ्नो इलाकाको घरेलु टिमबाट खेल्न सुझाए । मरदान, खैबर पख्वातुन, एबटाबाद, बलुचिस्तानको टिमबाट खेल्दै उनले तीव्र गतिमा आफ्नो स्थान बनाए । २०१६ मा उनले पाकिस्तान सुपर लिग खेल्ने मौका पाए र सर्वाधिक रन बनाउने व्याट्सम्यान बने । उनको आक्रामक ब्याटिङकै कारण पाकिस्तानी टिममा परे ।
उनले आफ्नो डेब्यू प्रतियोगिता नै स्मरणीय बनाएका छन् । खास कुरा यो छ कि उनी बायाँ हातले त्यही आक्रमक रुपमा ब्याटिङ गर्छन्, जुन शैलीका ओपनर कुनै समय पाकिस्तान क्रिकेटको पहिचान थियो । अपेक्षा छ कि फखर जमानले सईद अनवर र आमिस सुहैल वाला परम्परालाई अघि बढाउने छन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












