को हुन् भारतीय बलरलाई रुवाउने पाकिस्तानी ब्याट्सम्यान फखर जमान ?
काठमाडौं, ५ असार । खेलको मैदानमा स्टार त्यही हुन्छ, जसले महत्त्वपूर्ण समयमा आफ्नो भूमिका दमदार रुपमा निभाउँछ । यदि त्यो खेलाडी पाकिस्तानको हो भने भारतविरुद्ध कुनै पनि बेला चुक्नु हुँदैन । पाकिस्तानी ब्याट्सम्यान फखर जमानले च्याम्पियन्स लिगको फाइनलमा महत्त्वपूर्ण भूमिका खेले र भारतविरुद्ध शानदार शतक बनाए ।
यो प्रतियोगिता अघि क्रिकेटको दुनियामा फखर जमानको नाम शायदै कसैले सुनेका थिए । यसै प्रतियोगिताबाट उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे । आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ३१ रन बनाएका उनले श्रीलंकाविरुद्ध ५० रन बनाए । सेमिफाइनलमा अजहर अलीसँग शतकीय साझेदारी गरेका उनले व्यक्तिगत ५७ रन बनाए । फाइनलमा उनले १०६ बलमा ११४ रन बनाए ।
जमानले आफ्नो पारीमा १२ चौका र ३ छक्का हाने । उनको ब्याटिङ हेरेपछि स्टार स्पोर्टसमा लाइभ कमेन्ट्री गरिरहेका सुनिल गावस्करले भने कि जमानले फ्रन्ट फुट र ब्याकफुटमा जगबको सट खेले र मैदानको दुबैतर्फ राम्रो खेले ।
रोचक त के भने क्रिकेटको मैदानमा कमाल गरेका फखर जमानको परिवार चाहँदैनथे कि उनले क्रिकेट खेलुन् । पाकिस्तानको पख्वातुनमा जन्मिएका फखरका पिता सरकारी वन्यजीव संरक्षण एजेन्सीमा काम गर्थे र आफ्नो छोरा सरकारी जागिरे होस् भन्ने उनको चाहना थियो । उच्च शिक्षा पूरा गरेपछि उनी पाकिस्तानी नौसेनामा आवद्ध भए ।
२००७ मा उनी नौसेनाको सेलर बने । त्यसबेला पाकिस्तानी नौसेनाको क्रिकेट टिम पनि थियो र फखरले त्यहीँ खेल्न थाले । कोच आजम खानले उनको प्रतिभालाई चिने । फखर पनि क्रिकेटमै रमाउन थाले र २०१३ मा नौसना छाडे । यद्यपि, परिवारलाई उनको जागिरबाट प्राप्त हुने रकम जरुरी थियो । तर, फखरले निर्णय लिइसकेका थिए कि अबको लक्ष्य क्रिकेट नै हो ।
त्यही क्रममा पाकिस्तानी ब्याट्सम्यान युनुस खानसँग उनको भेट भयो र उनले आफ्नो इलाकाको घरेलु टिमबाट खेल्न सुझाए । मरदान, खैबर पख्वातुन, एबटाबाद, बलुचिस्तानको टिमबाट खेल्दै उनले तीव्र गतिमा आफ्नो स्थान बनाए । २०१६ मा उनले पाकिस्तान सुपर लिग खेल्ने मौका पाए र सर्वाधिक रन बनाउने व्याट्सम्यान बने । उनको आक्रामक ब्याटिङकै कारण पाकिस्तानी टिममा परे ।
उनले आफ्नो डेब्यू प्रतियोगिता नै स्मरणीय बनाएका छन् । खास कुरा यो छ कि उनी बायाँ हातले त्यही आक्रमक रुपमा ब्याटिङ गर्छन्, जुन शैलीका ओपनर कुनै समय पाकिस्तान क्रिकेटको पहिचान थियो । अपेक्षा छ कि फखर जमानले सईद अनवर र आमिस सुहैल वाला परम्परालाई अघि बढाउने छन् ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












