रोनाल्डोको गोलले पोर्चुगल विजयी, अर्को खेलमा मेक्सिको विजयी
काठमाडौं, ८ असार । रुसमा जारी कन्फेडेरेशन कप फुटबलअन्तर्गत बुधबार राती भएका खेलमा पोर्चुगल र मेक्सिको विजयी भएका छन् ।युरोपियन च्याम्पियन पोर्चुगलले आयोजक रुसलाई १-० ले हराएको हो । खेलमा पोर्चुगललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे ।
बुधबार राति भएको अर्को खेलमा उत्तर अमेरिकी च्याम्पियन मेक्सिकोले ओसियाना समूहको च्याम्पियन न्युजिल्याण्डलाई २-१ ले हरायो ।मेक्सिकोलाई जिताउन राउल जिमिनेज र ओरीबे पेराल्टाले एक एक गोल गरे । न्यूजिल्याण्डका क्रिस उडले सुरुवाती गोल गरेका थिए ।
खेलपछि समुह ए बाट सेमिफाइनल पुग्ने समिकरण रोचक बनेको छ । दुई खेलबाट ४-४ अंक बटुलेका मेक्सिको र पोर्चुगल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानको रुसको ३ अंक रहेको छ । अन्तिम खेलमा रुस र मेक्सिको तथा पोर्चुगल र न्युजिल्याण्ड भिडेपछि सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।
कन्फेडेरेसन कप फुटबलमा आज बेलुकी दुई दावेदार टोलीहरु जर्मनी र चिली भिड्नेछन् । आज विजयी हुने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्नेछ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












