ब्रिटिस खेलाडी योहान कोन्टा ३९ वर्षयता विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगिन्
काठमाडौं, २८ असार । ब्रिटिस खेलाडी योहाना कोन्टा विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेकी छन् । गएराति भएको खेलमा रोमानियाकी सिमोना हालेपलाई हराउँदै छैटौं वरियताकी कोन्टा विम्बल्डनको सेमिफाइनलमा पुगेकी हुन् । हालेप विरुद्धको खेल कोन्टाले ६–७, ७–६ र ६–४ को सेटमा जितिन् ।
जितसँगै कोन्टा पछिल्लो ३९ वर्षयता विम्बल्डन टेनिसको सेमिफाइनलमा पुग्ने पहिलो ब्रिटिस महिला भएकी छन् । कोन्टाले अब सेमिफाइनलमा अमेरिकी खेलाडी भेनस विलियम्सको सामना गर्नेछिन् । क्वाटरफाइनलमा लात्भियाकी एलिना ओस्तापेन्कोलाई ६–३ र ७–५ को सोझो सेटमा हराउँदै भेनस सेमिफाइनलमा पुगेकी हुन् ।
महिला एकलतर्फको दोस्रो सेमिफाइनलमा स्पेनकी गार्बिने मुगुरुजा र स्लोभाकियाकी रिबारीकोभा भिड्नेछन् । उता पुरुष एकलतर्फको खेलमा फ्रान्सका एड्रियान मानारिनोलाई ६–२, ७–६ र ६–४ ले हराउँदै सर्वियन खेलाडी नोभाक जोकोभिच क्वाटरफाईनलमा पुगेका छन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












