ताजा समाचार

भारतद्धारा अष्ट्रेलियासँगको ट्वेण्टी ट्वेण्टी क्रिकेटका लागि तीन खेलाडी परिवर्तन

काठमाडौं, १६ असोज । अष्ट्रेलियासँगको ट्वेण्टी ट्वेण्टी क्रिकेटका लागि भारतले ३ खेलाडी परिवर्तन गरेको छ । आउँदो शनिबारदेखि शुरु हुने ट्वेण्टी ट्वेण्टी श्रीङ्खलाका लागि भारतले बलर आशिष नेहरा, विकेटकिपर ब्याट्स्म्यान दिनेश कार्तिक र ओपनिङ ब्याट्स्म्यान शिखर धवनलाई टीममा समाबेश गरेको हो ।

नेहराले भारतीय टीमबाट गएको फेब्रुअरीमा खेलेका थिए । अजिन्क्या रहाने र सार्दुल ठाकुरलाई भने विश्राम दिइएको छ । पाँच एकदिवसीय क्रिकेट श्रीङ्खला भारतले ४–१ ले जितेको भारतले अष्ट्रेलियासंग ३ वटा ट्वेण्टी ट्वेण्टी क्रिकेट खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org