नेपालमा एक वर्षमा १०० मेगावाट विद्युत् थपिदा भारतमा भने १३ सय मेगावाट थपियो
काठमाडौं, ८ कात्तिक । नेपाली नेताहरुको सबैभन्दा आफ्नो पहिलो शत्रु भारतलाई मान्छन् । आफुलाई निकै राष्ट्रवादीको संज्ञा दिने नेता तथा जनताहरुले भारतलाई गाली तथा कुनै कुरामा दोष नलगाई खान पनि पच्दैन भन्दा फरक नपर्ला । नेपाली राजनीतिज्ञको भनाईलाई आधार मान्ने हो भने नेपाल विकसित हुन नसक्नुमा भारत दोषी छ । भारतले नेपालको विकास निर्माण कार्यमा हलो अड्काएर बस्ने गरेको छ भन्ने राजनीतिज्ञहरुको भनाई छ ।
एउटा प्रचलित उखान छ ‘हात्ति चल्ता रहता हे कुत्ता भुक्ता रहता हैं’ ( हात्ति चलिरहन्छ, कुकुर भुकिरहन्छ) यसको अर्थ नेपालीले भारतलाई जति गाली गरेपनि जति दोष थुपारेपनि विकास हुनसक्नुमा भारत दोषी होईन की नेपालको सिस्टम, नेपाली राजनीतिज्ञहरु नै दोषी हुन भन्दा अनुपयुक्त नहोला । यसको ज्वलन्त उदाहरण भारत र नेपालको विकास गतिले पनि प्रस्ट पार्दछ । नेपालमा १२५ मेगावाटको हाराहारीमा मात्रै विद्युत् थप हुँदा भारतमा भने एकै वर्षमा १ हजार ३ सय ५ मेगावाट विद्युत् थप हुने गरेको छ ।
गत वर्ष भारतमा १ हजार ७ सय १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकोमा १ हजार ६ सय ५९ मेगावाट विद्युत् थप गरेको थियो । यो कुल लक्ष्यको २० प्रतिशत कम हो । भारतीय अधिकारीले लक्ष्यको २० प्रतिशत कम मात्रै विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप गर्न सफल भएको जनाएका छन् । उनीहरुले त्यसलाई सफलताकै रुपमा व्याख्या गरेका छन् ।
यस वर्ष १ हजार मेगावाट सरकारी कम्पनीबाट र नीजि क्षेत्रबाट ३ सय ५ मेगावाट विद्युत् थप हुने आंकलन गरिएको छ । त्यसमा मिजोरोममा रहेको आयोजनाबाट ६० मेगावाट, ३ सय ३० मेगावाटको कृष्णनगर, १ सय १० मेगावाटको पारे आयोजना र ६ सय मेगावाटको केमाङ आयोजना रहेका छन् ।
भारतमा जलऊर्जा उत्पादनमा २.१४ प्रतिशतले वृद्धि भएको छ । गत जुलाईमा १५.०८ बिलियन युनिट ऊर्जा उत्पादन रहेकोमा हाल त्यो बढेर १५.४१ बिलियन युनिट पुगेको हो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणकाअनुसार २०१५ को जुलाईको तुलनामा ८.२ प्रतिशतले ऊर्जा उत्पादन बढेको छ ।
हाल भारतमा २० आयोजना निर्माणको क्रममा रहेका छन् । ती आयोजनाको क्षमता ६ हजार ३ सय २९ मेगावाट रहेको छ । त्यसमा ३० हजार १ सय ४७ करोड लगानी भएको ऊर्जा मन्त्री पियूस गोयलले जानकारी दिए ।
नेपालमा भने निजी क्षेत्रका आयोजना मात्रै सम्पन्न भएका छन् । सरकारले गत बर्ष २०० मेगाबाट उत्पादन थप्ने लक्ष्य राखेको थियो । त्यसमा ५० मेगावाटको माथिल्लो मस्याङदी नै सम्झन लायक आयोजना हो । अन्य आयोजनाबाट उत्पादन हुने बिद्युत् प्रभाबकारीताको हिसाबले बर्षादको समयमा मात्रै पूर्ण क्षमता गर्न सक्छन् ।
निजी क्षेत्रले निर्माण गरेको १ सय २५ मेगावाट जडित क्षमता भएपनि त्यसले हिउँदमा भने क्षमताको ३० प्रतिशतको हाराहारीमा मात्रै उत्पादन हुनेछ । भारतले एक वर्षमा एक हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्छ भने नेपालले बल्लतल्ल एक सय मेगावाट विद्युत उत्पादन गर्दछ । यसले के कुरा प्रष्ट हुन्छ भने कुरा भन्दा काम गर्दा त्यसको उपलब्धि बढी प्रभावकारी हुन्छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












