नेपालमा एक वर्षमा १०० मेगावाट विद्युत् थपिदा भारतमा भने १३ सय मेगावाट थपियो
काठमाडौं, ८ कात्तिक । नेपाली नेताहरुको सबैभन्दा आफ्नो पहिलो शत्रु भारतलाई मान्छन् । आफुलाई निकै राष्ट्रवादीको संज्ञा दिने नेता तथा जनताहरुले भारतलाई गाली तथा कुनै कुरामा दोष नलगाई खान पनि पच्दैन भन्दा फरक नपर्ला । नेपाली राजनीतिज्ञको भनाईलाई आधार मान्ने हो भने नेपाल विकसित हुन नसक्नुमा भारत दोषी छ । भारतले नेपालको विकास निर्माण कार्यमा हलो अड्काएर बस्ने गरेको छ भन्ने राजनीतिज्ञहरुको भनाई छ ।
एउटा प्रचलित उखान छ ‘हात्ति चल्ता रहता हे कुत्ता भुक्ता रहता हैं’ ( हात्ति चलिरहन्छ, कुकुर भुकिरहन्छ) यसको अर्थ नेपालीले भारतलाई जति गाली गरेपनि जति दोष थुपारेपनि विकास हुनसक्नुमा भारत दोषी होईन की नेपालको सिस्टम, नेपाली राजनीतिज्ञहरु नै दोषी हुन भन्दा अनुपयुक्त नहोला । यसको ज्वलन्त उदाहरण भारत र नेपालको विकास गतिले पनि प्रस्ट पार्दछ । नेपालमा १२५ मेगावाटको हाराहारीमा मात्रै विद्युत् थप हुँदा भारतमा भने एकै वर्षमा १ हजार ३ सय ५ मेगावाट विद्युत् थप हुने गरेको छ ।
गत वर्ष भारतमा १ हजार ७ सय १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकोमा १ हजार ६ सय ५९ मेगावाट विद्युत् थप गरेको थियो । यो कुल लक्ष्यको २० प्रतिशत कम हो । भारतीय अधिकारीले लक्ष्यको २० प्रतिशत कम मात्रै विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप गर्न सफल भएको जनाएका छन् । उनीहरुले त्यसलाई सफलताकै रुपमा व्याख्या गरेका छन् ।
यस वर्ष १ हजार मेगावाट सरकारी कम्पनीबाट र नीजि क्षेत्रबाट ३ सय ५ मेगावाट विद्युत् थप हुने आंकलन गरिएको छ । त्यसमा मिजोरोममा रहेको आयोजनाबाट ६० मेगावाट, ३ सय ३० मेगावाटको कृष्णनगर, १ सय १० मेगावाटको पारे आयोजना र ६ सय मेगावाटको केमाङ आयोजना रहेका छन् ।
भारतमा जलऊर्जा उत्पादनमा २.१४ प्रतिशतले वृद्धि भएको छ । गत जुलाईमा १५.०८ बिलियन युनिट ऊर्जा उत्पादन रहेकोमा हाल त्यो बढेर १५.४१ बिलियन युनिट पुगेको हो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणकाअनुसार २०१५ को जुलाईको तुलनामा ८.२ प्रतिशतले ऊर्जा उत्पादन बढेको छ ।
हाल भारतमा २० आयोजना निर्माणको क्रममा रहेका छन् । ती आयोजनाको क्षमता ६ हजार ३ सय २९ मेगावाट रहेको छ । त्यसमा ३० हजार १ सय ४७ करोड लगानी भएको ऊर्जा मन्त्री पियूस गोयलले जानकारी दिए ।
नेपालमा भने निजी क्षेत्रका आयोजना मात्रै सम्पन्न भएका छन् । सरकारले गत बर्ष २०० मेगाबाट उत्पादन थप्ने लक्ष्य राखेको थियो । त्यसमा ५० मेगावाटको माथिल्लो मस्याङदी नै सम्झन लायक आयोजना हो । अन्य आयोजनाबाट उत्पादन हुने बिद्युत् प्रभाबकारीताको हिसाबले बर्षादको समयमा मात्रै पूर्ण क्षमता गर्न सक्छन् ।
निजी क्षेत्रले निर्माण गरेको १ सय २५ मेगावाट जडित क्षमता भएपनि त्यसले हिउँदमा भने क्षमताको ३० प्रतिशतको हाराहारीमा मात्रै उत्पादन हुनेछ । भारतले एक वर्षमा एक हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्छ भने नेपालले बल्लतल्ल एक सय मेगावाट विद्युत उत्पादन गर्दछ । यसले के कुरा प्रष्ट हुन्छ भने कुरा भन्दा काम गर्दा त्यसको उपलब्धि बढी प्रभावकारी हुन्छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












