ताजा समाचार

एएफसी यू-१९ क्वालिफायरमा नेपाल ५ गोल खाँदै समूह चरणबाट बाहिरियो

काठमाडौं, २२ कात्तिक । एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरमा नेपाल ओमानसँग ५-० ले पराजित भएको छ । कीर्गिस्तानमा बुधबार भएको आफ्नो अन्तिम चौथो खेलमा नेपाल ओमानसँग ५-० ले पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ ।

नियमित गोलकिपर कप्तान अर्पण कार्कीको स्थानमा ओमन विरुद्ध नेपालका लागि अर्का गोलकिपर सोजित गुरुङले कप्तानी गरेका थिए। क्वालिफायरमा खेलेका चारवटै खेल हारेको नेपालले खेलमा गोल गर्न सकेन भने कूल १२ गोल खायो।

पहिलो खेलमा नेपाल आयोजक कीर्गिस्तानसँग २-० ले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग ४-० ले हारेको थियो। अभिषेक रिजालले पेनाल्टी गुमाउँदा नेपाल तेस्रो खेलमा युएईसँग १-० को अन्तरले पराजित भयो।

लगातार तेस्रो हारपछि क्वालिफायरबाट औपचारिक रुपमा बाहिरिएको नेपालको लागि अन्तिम खेल प्रतिष्ठाको लडाईका रुपमा रहेको थियो। तर ओमानसँग पराजित भएपछि नेपाल अंक विहिन सहित गोल विहिन भएर घर फर्कने भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org