के नारायणगढ-मुग्लिन सडकमा यात्रा गर्दै हुनुहुन्छ ? यी समयमा बन्द हुँदैछ
चितवन, २६ कात्तिक । के तपाई नारायणगढ-मुग्लिन सडक खण्डमा यात्रा गर्दै हुनुहुन्छ ? यदि हो भने तपाईले फेरि दुःख पाउनेहुनुभयो । किनकी आजदेखि बीच बीचमा बन्दको झन्झट पनि बेहोर्नु पर्नेछ । एकहप्तासम्म विभिन्न समयमा बन्द हुँदैछ । नारायणगढ-मुग्लिन सडक खण्डको स्तरोउन्नतिको कामलार्इ तीव्रता दिन नारायणगढ-मुग्लिन सडक खण्ड निर्माण आयोजनाले विभिन्न समयमा आवागमन रोक्न लागेको हो ।
आजदेखि एकहप्ता परिक्षण स्वरुप बिहान ७ बजेदेखि ८ः३० बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्न लागिएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । अर्को सूचना नआउँदासम्म आज बिहान सात बजेदेखि दिउँसो चार बजेसम्म पटक पटक यो सडकमा गाडी बन्द हुनेछ ।
नारायणगढ-मुग्लिन सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७ सय मिटरमा भित्तो काट्ने काम बाँकी छ । यहाँको झन्डै १० किमि क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । सो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । स्तरोन्तिको काम जारी रहेकाले यो सडकको सवारी आवागमन प्रभावित हुँदै आइरहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












