इटली विश्वकपमा छनोट हुन असफल, गोलकिपर बुफोनले रुँदै सन्यास लिए
काठमाडौं, २८ कात्तिक । इटली रुसमा हुने विश्वकप फुटबलमा छनोट हुनबाट असफल भएको छ । गएराति भएको प्लेअफको दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि उसको विश्वकप यात्रामा पूर्णविराम लागेको हो । इटलीले १९५८ पछि पहिलोपटक विश्वकप गुमाएको हो ।
योसँगै इटलीका गोलकिपर बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएका छन् । अन्तिम पटक विश्वकप खेल्ने योजना बनाइरहेका बुफोनले उनको राष्ट्र इटली नै विश्वकपमा छनोट हुन नसकेपछि सन्यास लिएका हुन्। बफोनले सन् २००६ मा इंटलीका लागि विश्वकप विजेता थिए।
‘यो दुःख छ की मेरो अन्तिम खेलमा विश्वकपका लागि छनोट हुन नसक्नु संयोग गरह्यो।’ ३९ वर्षे बफोनले भने। बफोनसँगै उनको युभन्ट्स सहकर्मी आन्द्रे बार्जाली र रोमा मिडफिल्डर डयानिएल डे रोसीले पनि सन्यास घोषणा गरेका छन्।
दुई दशक लामो करियरमा बुफोनले इटलीका लागि १७५ खेल खेलेका छन्। उनी इटलीका लागि सर्वाधिक खेल खेल्ने खेलाडि समेत हुन्। बफोनले सन् १९९७ मा रुस विरुद्ध इटलीका लागि डेब्यु गरेका थिए।
Comments
अरु समाचार
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...











