कप्तान अनिलको अन्तिम ५० औं खेलमा नेपाल र फिलिपिन्स बराबरी
काठमाडौं, २८ कात्तिक । एएफसी एशियन कप फुटबलको छनौटमा नेपाल फिलिन्सिसँग बराबरी खेलेको छ । नेपालले आफ्नो पाचौँ खेलमा फिलिपिन्ससँग बराबरी खेलेको हो । दुबै टिमले गोलका राम्रा अवसर पाए पनि गोल भने हुन सकेन ।
नेपाली टोलीका कप्तान अनिल गुरुङले मंगलबारको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । १० वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका छन् ।
मंगलबार खेल अनिलको ५० औँ अन्तर्राष्ट्रिय खेल हो । भारतको सिक्किम लाजोङ क्लबमा ६३ लाख रुपैयाँमा अनुबन्ध भएका उनी सबैभन्दा महँगो मूल्यमा विदेशी क्लबमा अनुबन्ध हुने नेपाली खेलाडी पनि हुन् ।
यसअघि गएको चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको थियो । छनौट चरणमा एक खेल पनि जित्न नसकेको नेपाल छनौट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालको एक अंक मात्र छ ।
फिलिपिन्स नौ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












