महिला विश्व टी-२० छनोटः नेपालद्वारा चीन ५० रनले पराजित
काठमाडौं, १० मंसिर । आइसिसी महिला विश्व टी-२० कप छनोटमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । छनोट चरण अन्तर्गत आइतबार सम्पन्न खेलमा चीनलाई ५० रनले पराजित गरेको हो । शबनम राईको ह्याट्रिकसँगै नेपाल ५० रनले विजयी भएको हो ।
शवनमले आफ्नो पहिलो ओभरको अन्तिम बल, दोस्रो ओभरको पहिलो र दोस्रो बलमा लगातार ३ विकेट लिँदै ह्याट्रिक पूरा गरेकी थिइन्। उनी यो प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छिन्। नेपालको भने प्रतियोगितामा यो दोस्रो जित हो।
थाइल्याण्डको बैंककमा भएको खेलमा टस जितेर चीनले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले पहिलो इनिङमा बनाएको १ सय २ रनको लक्ष्यलाई पछ्याउने क्रममा चीन १८ दशमलव २ ओभरमा ५२ रनमा समेटियो। नेपालको तर्फबाट प्रारम्भिक बलर रुबिना क्षेत्री र सबनम राईले ३–३ विकेट लिए। सीता मगरले २ र करुणा भण्डारीले १ विकेट लिइन्।
यसअघि पहिलो ब्याटिङ गरेको नेपालका लागि रुबिनाले पुछारमा २ चौकाको सहयोगले १४ बलमा अविजित १८ रन बनाएपछि नेपालले ८ विकेटको क्षतिमा सय रनको योगफल पूरा गरेको हो। सुरुवातमा काजल श्रेष्ठले १६ र नेरी थापाले ११ रन बनाएका थिए। ३ ओभरमा ७ रन मात्र खर्चेर ह्याट्रिक गरेकी शवनमलाई ‘प्लेयर अफ दि म्याच’ घोषित गरिएको छ।
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












