ताजा समाचार

महिला विश्व टी-२० छनोटः हङकङमाथि नेपाली चेलीको सानदार जित

काठमाडौं, ११ मंसिर । नेपाल महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट क्रिकेटमा तेस्रो भएको छ । सोमबार बैंककमा हङकङलाई ३६ रनले हराउँदै नेपाल तेस्रो भएको हो । हङकङले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि नेरी थापाले ५ चौकासहित सर्वाधिक ३८ रनको योगदान गरिन् ।

रुबिना क्षेत्री १५ र करुणा भण्डारी १४ रनमा अविजित रहँदा काजोल श्रेष्ठले १२ रन जोडिन् । जवाफी ब्याटिङमा आएको हङकङ एक बल बाँकी छँदै ५८ रनमा समेटियो । नेपालकी करुणा भण्डारीले ३, सबनम राई, सिता राना मगर, नेरी थापा र रितु कनौजियाले समान १/१ विकेट लिए ।

समूह चरणमा भने हङकङसँगको खेल बर्षाका कारण प्रभावित भएपछि नेपालले अंक बाँडेको थियो । नेपाल तेस्रो भएपनि ग्लोबल छनौटमा पुग्न भने असफल भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org