ताजा समाचार

लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको महा भिडन्त शनिवार हुँदै

काठमाडौं, ७ पुस । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीको टिमबीचको महाभिडन्त शनिवार साँझ हुने भएको छ । क्रिस्टियानो रोनाल्डोको रियल म्याड्रिड र लिओनल मेसीको बार्सिलोनाबीच शनिबार साँझ स्पेनिस ला लिगाअन्तर्गत प्रतिस्पर्धा हुने भएको हो ।

रियलको घरेलु मैदान सान्टिएगो बेर्नाबेउमा शनिबार पौने ६ बजे प्रतिस्पर्धा हुने भएको हो। मेसीले रियलविरुद्ध ३६ खेलमा १६ खेल जितेका छन् भने ८ खेल बराबरीमा सकिएका छन् ।

रोनाल्डो बार्सिलोनाविरुद्ध २८ खेल खेलेका छन्। २८ मध्ये रियलले १३ खेलमा हारेको छ । ८ खेलमा जित हात पारेको छ भने ६ खेलमा बराबरीमा रोकिएको छ। यो खेललाई विश्वभर निकै रोचक तरिकाले हेरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org