ताजा समाचार

नेपाली खेलाडीले हात नमिलाउँदा एन्फालाई एक लाख जरिवाना

काठमाडौं, ७ पुस । खेलाडीले प्रतिस्पर्धी टिमसँग हात नमिलाएपछि अखिल नेपाल फुटबल संघ एन्फाले १ हजार अमेरिकी डलार अर्थात १ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । एसियाली फुटबल महासंघ एएफसीले नेपाललाई १ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

१९ वर्षमुनिको एसिया कप छनौट अन्तर्गत अक्टुबर ३१ तारिखका दिन कीर्गिस्तानसँग भएको खेलपछि नेपाली खेलाडी विपक्षी खेलाडीसँग हात नमिलाई मैदानबाट बाहिरिएका थिए । कीर्गिस्तानको बिस्केकमा भएको यो खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

बिस्केकमा खेलेका छनौटका ४ खेलमा एक गोल पनि गर्न नसकेको नेपाल अंक तालिकाको पुछारमा रहँदै घर फर्केको थियो । यो समूहबाट युएई आउँदो वर्ष हुने १९ वर्षमुनिको एशिया कपमा छनौट भएको थियो ।

खेलाडीले खेल भावना विपरीत व्यवहार गरेको भन्दै एएफसीले एन्फालाई जरिवाना तिराएको हो । खेलाडीले आउँदा दिनमा यस्तै व्यवहार देखाएमा एएफसीले यो भन्दा कडा कारवाही गर्न सक्ने छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org