भैरहवालाई ८ विकेटले पराजित गर्दै बिराटनगर ईपीएल क्रिकेटको फाइनलमा
काठमाडौं, १२ पुस । विराटनगर बारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वालिफायर खेलमा भैरहवा ग्लार्डिटर्सलाई ८ विकेटले पराजित गर्दै विरानगर उपाधि नजिक पुगेको हो ।
फाइनल प्रवेशका लागि भैरहवाले दिएको १२८ रनको लक्ष्य बिराटनगरले १७ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । उसले पहिलो विकेट भने सुरुमै गुमाएको थियो । एक रन जोड्दा ओपनर आसिफ शेख शुन्यमै आउट भए । तर, बाबर हायात र अंशुमान रथले पारी सम्हाले । अंशुमानसँग दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेर बाबर व्यक्तिगत ६२ रन बनाएर आउट भए ।
कप्तान पारस र अंशुमानले टिमलाई जिताए । पारस ४२ रनमा र अंशुमान २६ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । उसका सुरुवात निकै खराब थियो । २७ रन जोड्दा चार विकेट गुमाएको भैरहवाको पारी आरिफ शेख र पुनित मिश्रले सम्हाले ।
दुबैले पाँचौं विकेटका लागि ८२ रनको साझेदारी गरे । आरिफ ४६ रनमा आउट भए । सातौं विकेटका रुपमा आउट हुनु अघि पुनितले ४९ रन बनाए । भैरहवाका अन्य ब्याट्सम्यान चल्न सकेनन् । कप्तान शरद भेषावकर समेत ७ रनमा आउट भए ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












