ताजा समाचार

माघ ४ र ५ गते प्रथम राष्ट्रिय योग खेलकुद प्रतियोगिता हुने

काठमाडौं । माघ ४ र ५ गते प्रथम राष्ट्रिय योग खेलकुद प्रतियोगिता सुनसरीमा हुने भएको छ ।  ‘सबैको लागि योग, सधैंका लागि योग’ भन्ने नारा सहित नेपाल योग खेलकुद संघले उक्त खेलकुद आयोजना गर्न लागेको संयोजक योगाचार्य मणिराज डाँगीले जानकारी दिए ।

यस्ता छन् विशेषताहरू

 

-प्रथम पटक भएकोले (जिल्ला र प्रदेशमा प्रतिस्पर्धा नगरी) सिधै राष्ट्रिय प्रतियोगितामा छनौट भएर इतिहासमा रेकर्ड राख्ने सुवर्ण अवसर ।

– जाने-आउने, खाने-बस्ने ब्यवस्था संघले गर्ने,  साथै इन्ट्री फि नलाग्ने ।

– ११-१७-१८-४९ र ५० वर्ष माथिका गरी तीन उमेर समुहको अलग-अलग र प्रत्येक उमेर समुहमा महिला र पुरुषहरूको अलग-अलग (single & group) प्रतियोगिता हुने ।

– प्रत्येक उमेर समुहमा महिला र पुरुषले ३-५ जनासम्मको ग्रुप बनाई ग्रुप प्रतियोगिता समेत हुने ।

 

-प्रथम दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता -२०७४ का सहभागीहरूलाई सिधै नाम दर्ता गराएर राष्ट्रिय प्रतियोगितामा सामेल गराउने ब्यवस्था गरिएको ।

  – सबै सहभागीहरुलाई प्रमाणपत्र ; प्रथम,द्वितीय र तृतीयलाई कप तथा मेडल प्रदान गर्नुका साथै, यहि २०७५ वैशाखमा पोखरामा हुने “दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता” मा र 2018 Dec.1-3 मा भारतको हरियाणामा संचालन हुने “world yoga sports championship” मा सहभागी गराइने ।

– SAARC र world championship का लागि छनौट भएका “योग खेलाडीहरू” लाई advance training course को ब्यबस्था गरिने ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org