ताजा समाचार

मेसीले तोडे ३९ वर्षअघिको गर्ड मुलरको नाममा रहेको कीर्तिमान

काठमाडौं, १ माघ । बार्सिलोनाका स्टार लियोनल मेसीले नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । स्पानिस ला लिगामा गएराती रियल सोसिडाडलाई ४-२ ले हराउने क्रममा एक गोल गरेका मेसीले युरोपको टप फाइभ लिग मध्ये एउटै क्लबका लागि लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन्।

सोसिडाड विरुद्ध फ्रिकिकमा शानदार गोल गरेका मेसीले बार्साका लागि लिगमा गोलसंख्या ३६६ पूर्‍याएका छन्। यसका लागि उनले वायर्न म्युनिखबाट खेल्दै ३६५ गोल गरेका जर्मन गर्ड मुलरका कीर्तिमान ब्रेक गरे।

मेसीले आफ्नो ४ सयौँ लिग खेलमा मुलरको कीर्तिमा बराबरी गरेका थिए। मेसीले मुलरले ३९ वर्षअघि राखेको कीर्तिमान ब्रेक गर्दै आफ्नो नाममा लेखाएका हुन्। डेढ दशकदेखि नोउक्याम्पमा खेलिरहेका मेसीले अहिलेसम्म बार्सिलोनाका लागि ६११ खेलमा ५३० गोल गरिसकेका छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org