भारतमा २ सय ४४ खर्ब भारुको बजेट सार्वजनिक, सबैभन्दा बढी कृषि क्षेत्रमा विनियोजन
काठमाडौं, १८ माघ । भारतले दुई सय ४४ खर्ब भारुको बजेट प्रस्तुत गरेको छ । भारतीय अर्थमन्त्री अरुण जेट्लीले दुई सय ४४ खर्ब भारुको बजेट प्रस्तुत गरेका हुन् । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जेट्लीले भारत विश्वको पाँचौं द्रुत वृद्धिदरसहितको अर्थतन्त्र बन्ने क्रममा रहेको बताएका छन् ।
नरेन्द्र मोदी सरकारको अन्तिम बजेटले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । कृषि सुधार योजनालाई ‘अपरेसन ग्रिन्स’ नाम दिएर हालसम्मकै ठूलो रकम विनियोजन गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
गत आर्थिक वर्षमा कृषिका लागि पाँच खर्ब ६५ अर्ब भारु विनियोजन गरेको मोदी सरकारले यसपटक उक्त शीर्षकमा ६ खर्ब ३८ अर्ब भारु छुट्याएको छ । भारत सरकारले कृषि क्षेत्रमा दिएको सुविधाले नेपालको कृषिक्षेत्रलाई नकारात्मक असर पार्न सक्ने विश्लेषण यहाँका नीति निर्माताहरुले गरेका छन् ।
हाल वाषिर्क ३० अर्ब अमेरिकी डलर बराबरको कृषि उपज निर्यात गरिरहेको भारतको लक्ष्य यसलाई बढाएर वाषिर्क एक खर्ब डलर पुर्याउने भन्ने छ । जसले गर्दा नेपाली कृषि क्षेत्रमा असर पर्ने देखिन्छ । सानो लगानीको नेपाली कृषि उत्पादन भारतको यस्तो रणनीतिले धरासायी बन्ने संकेत कृषि विज्ञहरुले गरेका छन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












