नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा भोटेकोशी बाढीग्रस्त क्षेत्रमा खटिएका चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा मन्त्री पुनले विनाशकारी पहिरो तथा बाढीको विपद्का बेला नेपाललाई उद्धार तथा विपद् प्रतिकार्यका लागि पूर्ण सहयोग र निःस्वार्थ सहायता उपलब्ध गराएकोमा चिनियाँ सरकार र जनताप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
मन्त्री पुनले नेपालमा कार्यरत चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै विपद् रोकथाम तथा न्यूनीकरण र विपद्पछिको पुनर्निर्माणका क्षेत्रमा चीनसँगको सहकार्यलाई थप सुदृढ गर्न नेपाल इच्छुक रहेको बताए । उनले नेपाल र चीनका जनताको हित तथा कल्याणलाई निरन्तर अभिवृद्धि गर्न सहकार्यलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
त्यस अवसरमा चिनियाँ राजदूत झाङले चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यमा सहयोग तथा समन्वय गरेकोमा नेपाली सम्बन्धित निकायहरूलाई धन्यवाद दिए। उनले विपद्का कारण उत्पन्न कठिनाइहरू पार गर्न चीन नेपालसँगै रहने बताउँदै विनाशकारी पहिरो तथा बाढीको विपद् प्रतिकार्य र विपद्पछिको पुनर्निर्माणका लागि नेपाललाई थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त रेका थिए।
भेटवार्ताका क्रममा राजदूत झाङ र मन्त्री पुनले जनवादी गणतन्त्र चीनद्वारा नेपाललाई प्रदान गरिएको सुरुङ उद्धार उपकरण हस्तान्तरणसम्बन्धी ‘ह्यान्ड ओभर सर्टिफिकेट’ मा हस्ताक्षर समेत गरे।
नेपाल सरकारको अनुरोधमा चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले गत अगस्ट २९ र ३० तारिखमा नौ जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञलाई तत्काल नेपाल पठाएको थियो। उनीहरूलाई नेपालमा सुरुङ उद्धारसम्बन्धी कार्यमा आवश्यक प्राविधिक सहयोग तथा विशेषज्ञता उपलब्ध गराउन खटाइएको हो।
चिनियाँ पक्षबाट उपलब्ध गराइएको सुरुङ उद्धार उपकरण तथा विशेषज्ञ टोलीको सहयोगले नेपालमा सुरुङ उद्धारसम्बन्धी क्षमता अभिवृद्धि गर्न तथा भविष्यमा सम्भावित विपद्का अवस्थामा प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भेटवार्ताले नेपाल र चीनबीच विपद् रोकथाम तथा न्यूनीकरण, उद्धार कार्य र विपद्पछिको पुनर्निर्माणका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने तथा थप सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राखेको देखाएको छ।
मन्त्री पुनले थप के जानकारी दिए ?
चीन सरकारबाट नेपालले ६ वटा सैन्य कार्गो विमानमार्फत बाढीपीडितका लागि उद्धार तथा राहत सामग्री प्राप्त गरेको मन्त्री पुनले औपचारिक जानकारी दिएका छन्। पुनका अनुसार उक्त विमानमार्फत ड्रोन, डीएनए परीक्षण किट,पीसीआर मेसिन, बडी फ्रिजर,टेन्ट तथा भाँडाकुँडालगायतका सामग्री प्राप्त भएका छन् ।
मन्त्री पुनले चीन सरकारले अनुदानस्वरूप दुई लाख अमेरिकी डलर नगद र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि थप दुई लाख अमेरिकी डलर उपलब्ध गराएको बताए। साथै, रेडक्रसमार्फत करिब दुई लाख अमेरिकी डलर बराबरको सामग्रीसमेत प्राप्त भएको जानकारी दिए । विपद् व्यवस्थापनका लागि चीनबाट ६ जना विपद् राहत विज्ञ र १५ जना फोरेन्सिक विज्ञ नेपाल आएका छन्। फोरेन्सिक विज्ञहरू हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा कार्यरत छन्।
कठिन तथा जोखिमपूर्ण परिस्थितिमा त्रिशूली क्षेत्रको उद्धार कार्यमा सहयोग पुर्याएको चिनियाँ विज्ञ टोलीप्रति मन्त्री पुनले विशेष आभार व्यक्त गरे। चिनियाँ सरकारबाट प्राप्त कृत्रिम बुद्धिमत्ता (एआई) तथा स्याटेलाइट डाटाले विपद् प्रभावित क्षेत्रको अवस्था अनुगमन गर्न महत्वपूर्ण सहयोग पुगेको उनले उल्लेख गरे।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












