नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा भोटेकोशी बाढीग्रस्त क्षेत्रमा खटिएका चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा मन्त्री पुनले विनाशकारी पहिरो तथा बाढीको विपद्का बेला नेपाललाई उद्धार तथा विपद् प्रतिकार्यका लागि पूर्ण सहयोग र निःस्वार्थ सहायता उपलब्ध गराएकोमा चिनियाँ सरकार र जनताप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
मन्त्री पुनले नेपालमा कार्यरत चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै विपद् रोकथाम तथा न्यूनीकरण र विपद्पछिको पुनर्निर्माणका क्षेत्रमा चीनसँगको सहकार्यलाई थप सुदृढ गर्न नेपाल इच्छुक रहेको बताए । उनले नेपाल र चीनका जनताको हित तथा कल्याणलाई निरन्तर अभिवृद्धि गर्न सहकार्यलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
त्यस अवसरमा चिनियाँ राजदूत झाङले चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यमा सहयोग तथा समन्वय गरेकोमा नेपाली सम्बन्धित निकायहरूलाई धन्यवाद दिए। उनले विपद्का कारण उत्पन्न कठिनाइहरू पार गर्न चीन नेपालसँगै रहने बताउँदै विनाशकारी पहिरो तथा बाढीको विपद् प्रतिकार्य र विपद्पछिको पुनर्निर्माणका लागि नेपाललाई थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त रेका थिए।
भेटवार्ताका क्रममा राजदूत झाङ र मन्त्री पुनले जनवादी गणतन्त्र चीनद्वारा नेपाललाई प्रदान गरिएको सुरुङ उद्धार उपकरण हस्तान्तरणसम्बन्धी ‘ह्यान्ड ओभर सर्टिफिकेट’ मा हस्ताक्षर समेत गरे।
नेपाल सरकारको अनुरोधमा चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले गत अगस्ट २९ र ३० तारिखमा नौ जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञलाई तत्काल नेपाल पठाएको थियो। उनीहरूलाई नेपालमा सुरुङ उद्धारसम्बन्धी कार्यमा आवश्यक प्राविधिक सहयोग तथा विशेषज्ञता उपलब्ध गराउन खटाइएको हो।
चिनियाँ पक्षबाट उपलब्ध गराइएको सुरुङ उद्धार उपकरण तथा विशेषज्ञ टोलीको सहयोगले नेपालमा सुरुङ उद्धारसम्बन्धी क्षमता अभिवृद्धि गर्न तथा भविष्यमा सम्भावित विपद्का अवस्थामा प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भेटवार्ताले नेपाल र चीनबीच विपद् रोकथाम तथा न्यूनीकरण, उद्धार कार्य र विपद्पछिको पुनर्निर्माणका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने तथा थप सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राखेको देखाएको छ।
मन्त्री पुनले थप के जानकारी दिए ?
चीन सरकारबाट नेपालले ६ वटा सैन्य कार्गो विमानमार्फत बाढीपीडितका लागि उद्धार तथा राहत सामग्री प्राप्त गरेको मन्त्री पुनले औपचारिक जानकारी दिएका छन्। पुनका अनुसार उक्त विमानमार्फत ड्रोन, डीएनए परीक्षण किट,पीसीआर मेसिन, बडी फ्रिजर,टेन्ट तथा भाँडाकुँडालगायतका सामग्री प्राप्त भएका छन् ।
मन्त्री पुनले चीन सरकारले अनुदानस्वरूप दुई लाख अमेरिकी डलर नगद र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि थप दुई लाख अमेरिकी डलर उपलब्ध गराएको बताए। साथै, रेडक्रसमार्फत करिब दुई लाख अमेरिकी डलर बराबरको सामग्रीसमेत प्राप्त भएको जानकारी दिए । विपद् व्यवस्थापनका लागि चीनबाट ६ जना विपद् राहत विज्ञ र १५ जना फोरेन्सिक विज्ञ नेपाल आएका छन्। फोरेन्सिक विज्ञहरू हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा कार्यरत छन्।
कठिन तथा जोखिमपूर्ण परिस्थितिमा त्रिशूली क्षेत्रको उद्धार कार्यमा सहयोग पुर्याएको चिनियाँ विज्ञ टोलीप्रति मन्त्री पुनले विशेष आभार व्यक्त गरे। चिनियाँ सरकारबाट प्राप्त कृत्रिम बुद्धिमत्ता (एआई) तथा स्याटेलाइट डाटाले विपद् प्रभावित क्षेत्रको अवस्था अनुगमन गर्न महत्वपूर्ण सहयोग पुगेको उनले उल्लेख गरे।
Comments
अरु समाचार
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












