ताजा समाचार

दक्षिण कोरियाको प्योङचाङमा इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै

काठमाडौं, २६ माघ । २३ औं विन्टर ओलम्पिक आजदेखि सुरु हुँदैछ । दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट सुरु हुने प्रतियोगिताको उदघाटन समारोहको भव्य तयारी गरिएको छ । दक्षिण कोरियाका १३ स्थानमा १५ खेलको स्पर्धा हुने यो ओलम्पिक २५ फेब्रुअरीसम्म चल्ने छ ।

१०२ स्वर्ण पदकका लागि विश्वका ३ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै सन् २०१४ को ओलम्पिकमा शक्तिवर्धक औषधि लिएको आरोपमा प्रतिवन्ध खेपेको रुसका १६९ खेलाडीले यो प्रतियोगितामा स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्दैछन् ।

यो ओलम्पिक पहिलो पटक दक्षिण कोरियामा आयोजना हुन लागेको हो । सोलमा १९८८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना भएको थियो । तर प्योङचाङ शीतकालीन ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको पहिलो शहर बनेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org