अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टारलाई
बुटवल, १९ चैत । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टार क्लबले जितेको छ ।
मदन भण्डारी स्पोस्र्टस एकेडेमी प्रदेश नं ५ को आयोजनामा बुटवलको रामनगरस्थित कालिका मानव ज्ञान माविको मैदानमा आज भएको अन्तिम खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै थ्री–स्टारले सो उपाधि जितेको हो ।
खेल शुरु भएको दोस्रो मिनेटमा नै अग्रता लिए पनि त्यसलाई मनाङ–मस्र्याङ्दी क्लबलाई २–१ ले जोगाउन नसक्दा मनाङ पराजित भयो ।
आजको खेलको दुई मिनेटमा मनाङ–मस्र्याङ्दीका विशाल रानाले र थ्री–स्टारका अनन्त तामाङ र विदेशी खेलाडी मार्टिनले क्रमशः ६९ र ८२ मिनेटमा गोल गरेका थिए । उपाधिसँगै थ्री–स्टारले रु १५ लाख पुरस्कार पाएको छ ।
गोल्डकपको उपाधि जित्न सफल टिमलाई प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुरस्कार तथा कप प्रदान गर्नुभएको थियो । १५ दिनभित्र बुटवलमा दोस्रो उपाधि जितेको थ्री–स्टारको यो वर्षको यो चौथो उपाधि हो । बुटवलमा उसले १५ दिनअघि गत महिना मात्र तिलोत्तमा गोल्डकपको उपाधि उचालेको थियो ।
उपविजेता मनाङले रु सात लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता टिमलाई पनि मुख्यमन्त्री पोखरेलले पुरस्कार र कप प्रदान गर्नुभएको थियो । प्रतियोगितामा मनाङ–मस्र्याङ्दीका अञ्जन विष्ट सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले नगद रु ५० हजारसहित पुरस्कार पाएका छन् । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि विष्टले नै जितेका छन् । उहाँले रु १५ हजार नगदसहित पुरस्कार पाएको छ ।
त्यस्तै उत्कृष्ट गोलकिपर मदन भण्डारीका विनायक श्रेष्ठ, उत्कृष्ट गोलरक्षक थ्री–स्टारका विदेशी खेलाडी पिटर, उत्कृष्ट मध्यपंतीमा निराजन खड्का, उत्कृष्ट फर्वाडमा विदेशी खेलाडी मार्टिन र उत्कृष्ट कोचमा मेघराज केसीले पुरस्कार जितेका छन् । प्रत्येकले जनही रु १५÷१५ हजार प्राप्त गरेका छन् ।
यही चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा राष्ट्रियरुपमा ए डिभिजनका ९ वटा समूह र अन्तर्राष्ट्रियरुपमा मलेसियाबाट एउटा समूह गरी यो खेलमा जम्मा १० समूह सहभागी थिए । रासस
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












