सात वर्षदेखि राष्ट्रपति रनिङको उपाधि मालिकालाई
बाजुरा, २९ चैत।राष्ट्रपति रनिङ शिल्डमा सात वर्षदेखिको जितलाई मालिका माविले यो वर्ष पनि निरन्तरता दिएको छ ।
लगातार शिल्ड हात पार्दै आएको मालिका माविले यो वर्षको १०औँ राष्ट्रपति रनिङ शिल्ड पनि हात परेको छ । मालिका माविले बुधबार सम्पन्न शिल्डमा सहभागी विद्यालयभन्दा फराकिलो अंकको जितले उपाधि हात पारेको हो ।
घरेलु मैदानमा जारी १०औँ राष्ट्रपति रनिङ शिल्डमा पनि ३३ पदकसहित पहिलो भएको छ । शिल्डमा खेलाइएका ३३ खेलमध्ये १४ स्वर्ण, नौ रजत र १० कास्य पदक जितेको छ । खेलाइएका सबै खेलमा मालिकाले पदक जितेको छ ।
सरकारद्वारा नमूना विद्यालयको उपाधि दिएको मालिकाले यो वर्ष पनि आफ्नो अग्रता र जितलाई कायम गरेकामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीर्घराज पाध्यायले खुशी व्यक्त गर्नुभएको छ । हामीले गरेको मेहनत र लगानीकै प्रतिफल अपेक्षाअनुसारकै नजिता निकाल्न विद्यार्थी सफल भएको उनकाे भनाइ छ ।
खेलमा भानोदय मावि दोस्रो बनेको छ भने दशरथ मावि तृतीय बनेको छ । भानोदय माविले ६ स्वर्ण, ६ रजत र ८ कास्य गरी २० वटा पदक हात पारेको छ ।
तृतीय स्थान ल्याउन सफल दशरथ माविले ४ स्वर्ण र ३ कास्य हात पारेको छ । यस्तै अम्लिस मावि २ स्वर्ण, २ रजत र ४ कास्यसहित चौथौ भएको छ भने ३ खेलमा सहभागी पशुपति माविले २ वटा स्वर्ण जितेको छ ।
सबै खेलका पदक विजेतालाई पुरस्कारसहित सम्मान प्रदान गरिएको छ । रासस
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...













