चिनियाँ कम्पनी थ्री गर्जेजबाट पश्चिम सेती जलविद्युत आयोजना फिर्ता गर्न सिफारिस
काठमाडौं ११, जेष्ठ । ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजबाट फिर्ता लिन आयोजनाको बारेमा अन्तिम टुंगो लगाउन गठन भएको समितिले थ्रि गर्जेजसँग यसअघि गरेको सम्झौता खारेज गर्न सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा यो आयोजना सरकारले आफैले निर्माण अघि बढाउन उचित भएको निष्कर्ष समेत निकालेको छ । यो प्रतिवेदन आगामी बोर्डमा बैठकमा पेश गरिनेछ । बोर्डले यो प्रतिबेदन पास गरेसँगै थ्रि गर्जेजसँगको सम्झौता खारेज हुनेछ ।
लगानी बोर्डका एक अधिकारीकाअनुसार यसको पुनः अध्ययन गरेर निर्माण अघि बढाउने निश्कर्ष निकालिएको छ । आयोजनाको क्षमता र लगानीका विषयमा पुनः अध्ययन हुनेछ ।
आयोजना निर्माण गर्ने जिम्मा पाएको चिनियाँ सरकारी कम्पनी थ्रि गर्जेज नेपालको बिजुली खरिद दर चित्तबुझ्दो नभएको बताउँदै लामो समय होल्ड गरेर राखेपछि यसको बारेमा टुंगो लगाउन समिति गठन भएको थियो ।
साथै थ्रि गर्जेजले आयोजनाका लागि चिनमा गरेको खर्च समेत पुँजीकरण गर्न माग गरेको थियो । तर, यसमा पनि राष्ट्र बैंकले स्वीकृति नदिएको भन्दै थ्रि गर्जेजले असन्तुष्टी जनाएको थियो ।
साउन ०७१ बाट निर्माण शुरु गरेर ०७६ को पुस दोस्रो सातामा सम्पन्न गर्ने लक्ष्य राखी ऊर्जा मन्त्रालय र थ्रि गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच १७ फागुन ०६८मा समझदारी भएको थियो । तर, अहिलेसम्म आयोजनाको भौतिक कुनै प्रगति नै भएको छैन ।
यसअघि २१ वर्षअघि अस्ट्रेलियाको स्मेक कम्पनीले पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो । तर, १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले इजाजत रद्द गरेको थियो ।
चीनमा भएको खर्च पुँजीकरण गर्ने र विद्युत खरिद दरका विषयमा लगानी बोर्डले सहजीकरण गर्ने बाचा गरेको थियो ।
तर, अन्तत लगानी बोर्ड असफल भएको छ । लगानी बोर्डले बाचा पुरा गर्न नसक्ने देखेपछि थ्रि गर्जेज पनि अन्तिममा यो आयोजनाबाट बाहिरिन चाहेको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












