उपभोक्ता ठग्ने ललितपुरका दुई पेट्रोल पम्पमा शिलबन्दी
काठमाडौं १४ जेष्ठ । सरकारले उपभोक्तालाई ठगी गरेको पुष्टि भएपछि ललितपुरका दुई वटा पेट्रोलपम्पमा शिलबन्दी गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा सोमबार बजार अनुगमनमा निस्केको टोलीले एकान्तकुनास्थित प्रशान्ति आयल स्टोर्स र सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा टे्रडर्समा शिलबन्दी गरेको हो ।
अनुगमनका क्रममा प्रशान्ति आयल स्टोर्सले प्रति १० लिटरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा ट्रेडर्सले प्रति १० लिटरमा ४० एमएल कम परिमाण बिक्री गरेको फेला परेपछि दुवै पम्पलाई शिलबन्दी गरिएको मन्त्रालयका उपसचिव सन्तोष विष्टले जानकारी दिए ।
नाम तौल सम्बन्धी विद्यमान ऐन अनुसार पम्पले तोकिएको परिमाणमा २५ प्रतिशतसम्म कमी भएमा कुनै कारवाही नहुने व्यवस्था गरेको छ । अनुगमनका क्रममा २५ प्रतिशतको सीमा नाघेपछि टोलीले पम्पमा शिलबन्दी गरेको हो ।
टोलीले एकान्तकुनाको गायत्री आयल सेन्टरलाई नोजल सुई ठीक नहुन्जेल तेल नबेच्न निर्देशन दिएको छ । त्यसैगरी शिवशक्ति आयल सेन्टर ताल्छिखेलमा दुईवटामध्ये एउटा मेसिन बिग्रिएको फेला परेपछि तत्काल मर्मत गर्न तथा बिग्रिएको मेसिनबाट तेल नबेच्न निर्देशन दिएको छ ।
Comments
अरु समाचार
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











