धुर्मुस—सुन्तली फाउण्डेसनलाई रु आठलाख
ँकाठमाडौँ, १६ जेष्ठ। पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् ।
उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन् । ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पवित्र उद्देश्यका साथ गाउँ–गाउँबाट आउने गरीब जनताले उपचार गर्ने वीर अस्पतालको वातावरण सुधारका लागि लागेको फाउण्डेशनलाई थोरै भएपनि पर्यटन व्यवसायीका तर्फबाट सहयोग गरिएको बताए ।
फाउण्डेशनका अध्यक्ष धुर्मुसले वीर अस्पतालको एउटा छुट्टै महत्व रहेकोले त्यसलाई जीवन्त राख्न आफूहरुले वीर हस्पिटल सरसफाइ अभियान चलाएको वताए । वीर अस्पतालको सरसफाइका लागि हालसम्म रु ४७ लाख खर्च भइसकेको उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












