२ लाख ३० हजार धरौटीमा छुटे याक्खा आेभरसिजका सञ्चालक
काठमाडौं १६, जेष्ठ । वैदेशिक ठगीको आरोपमा पक्राउ परेका महाराजगञ्जस्थित याख्खा ओभरसिज प्रा.लि.का सञ्चालक भीमबहादुर रोक्का मंगलबार २ लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन्
उनी गत बुधबार पक्राउ परेका थिए । ओभसिजको मुद्दा सरकारी वकिल हुँदै श्रम विभागसम्म पुगेको थियो । र, उनी धरौटी बुझाएर छुटेका हुन् ।
सरकारले लागू गरेको ‘फ्रि भिसा फ्रि टिकट’ कार्यक्रम विपरित सेवाग्राहीबाट डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म असुली गरेको आरोपमा महानगरीय अपराध महाशाखाले महाराजगञ्जस्थित याख्खा ओभरसिज प्रा.लि. माथि अनुसन्धान थालेको थियो ।
ओभरसिजमा छापा हानेर सञ्चालक रोक्कालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीले याख्खा ओभरसिजमा छापा मार्दा ६ सय वटा पासपोर्ट, विभिन्न अभिलेख र फाइलहरु बरामद गरेको थियो ।
प्रहरीको अनुसन्धानले याख्खा ओभरसिजले माइग्रामका लागि भन्दै रोजगारीका लागि मलेसिया जाने युवासँग प्रति व्यक्ति १ सय २५ रिङ्गेट (करिब ३ हजार ४ सय ६ रुपैयाँ) असुल्ने गरेको खुलेको छ ।
जसका लागि याख्खाले अनुमति नै नलिएको भेटिएको प्रहरीको भनाइ छ । उनीहरुमाथिको आरोप प्रमाणित भए कानुनतः ५ वर्ष कैद वा विगो बमोजिमको जरिवाना वा दुवै हुने व्यवस्था छ ।
सम्बन्धित समाचार:
अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातका छोरा ठगीमा संलग्न, भेट्ला त प्रहरीले ?
दीप बस्न्यातको मानव तस्करी धन्दा पर्दाफास, छोरा कमललाई बचाउन के के गरे ?
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












