अर्थविद् नै बजेटको विपक्षमा, किन गरियो बजेटको आलोचना
काठमाडौं १७, जेष्ठ । अर्थविद्हरुले सरकारले लक्ष्य अनुसारको बजेट ल्याउन नसकेको बताएका छन् ।
अर्थविद्हरु दिपेन्द्रबहादुर क्षेत्री, पृथ्वीराज लिगलर डा. जगदिशचन्द्र पोखरेलले सरकारले लक्ष्य अनुसार बजेट ल्याउन नसकेको बताएका हुन् ।
बिहिबार काठमाडौंमा आयोजित बजेटसम्बन्धि छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका अर्थविद् क्षेत्रीले पाँच वर्ष भित्र दोहोरो अंगले आर्थिक वृद्धि गर्ने लक्ष्य अनुसार बजेट आउन नसकेको दावी गरे ।
उनले आर्थिक वृद्धिलाई ८ प्रतिशत पु¥याउने सरकारको लक्ष्य पनि बजेटले पूरा गर्नेमा आफू विश्वस्त नभएको पनि बताए । अर्थविद् क्षेत्रीले आर्थिक वृद्धिदरलाई बढाउन सरकारले वार्षिक रुपमा १७ खर्ब कम्तिमा खर्च गर्नुपर्ने तर्क पनि गरे ।
अर्थविद् एवम् योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगलले घोषणा गरिएका कार्यक्रमलाई धान्ने गरी बजेट नआएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले गरिवी निवारण र रोजगारीको अवसर सृजनाका लागि एकीकृत कार्यक्रम ल्याउनु भने बजेटको सकारात्मक पाटो रहेको पनि स्पष्ट पारे ।
अर्का अर्थविद् एवम् राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले बजेट प्रजातान्त्रिक मूल्य, मान्यता अनुसार नआएको दावी गरे । उनले युवाहरुलाई परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा अघि बढने कामलाई पनि बजेटले प्राथमिकता नदिएको उल्लेख गरे ।
अर्थविद् पोखरेलले प्रविधि विकासबाट मुलुकलाई समृद्ध बनाउने दिशामा पनि बजेटले खासै चासो नदिएको बताए ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












