सडक खन्दै अपलत्र पार्दै
जाजरकोट, २१ जेष्ठ । जुनीचाँदे गाउँपालिकामा सडक यातायातको पहुँच छैन । उक्त गाउँपालिकाको सिमानासम्म जोड्न १० किमी मात्रै बाटो खन्न बाँकी छ ।
जुनीचाँदे गाउँपालिकाले चालू आर्थिक वर्ष सडक निर्माणमा रु दुई करोड ५० लाख खर्चंदै छ । गाउँपालिका क्षेत्रभित्रका १४ वटा सडक निर्माणका लागि बजेट खर्च हुने भएको हो । बारेकोट गाउँपालिकाको सिमानासम्म सडक पुग्न २० किलोमिटर छ । बारेकोटले पनि गाउँपालिका क्षेत्रभित्रका दुईवटा सडक निर्माणका लागि रु डेढ करोड खर्च गरेको छ ।
त्यस्तै चालू आर्थिक वर्षमा शिवालय गाउँपालिकाले १४ वटा सडक निर्माण तथा स्तरोन्नतिका लागि रु साढे तीन करोड, कुशे गाउँपालिकाले १० वटा सडक निर्माणमा रु तीन करोड, भेरी नगरपालिकाले चार दर्जन सडकका लागि रु साढे पाँच करोड खर्चंदै छ ।
ती गाउँ र नगरपालिकाले चालू आवमा सडक निर्माणमा आधाभन्दा बढी बजेट खर्च पनि गरिसकेका छन् । जिल्लाका बारेकोट गाउँपालिका र जुनीचाँदे गाउँपालिकालाई सडक सञ्जालले छोएको छैन । यिनीहरूमात्र होइन, जिल्लाका सातवटै स्थानीय तहले सडक निर्माणमा मोटो बजेट खर्चंदै आएका छन् । ती स्थानीय तहले महिला तथा बालबालिका, स्वास्थ्य, कृषि तथा पशु, सूचना सञ्चार, उद्योग, ऊर्जालगायत शीर्षकलाई बेवास्ता गर्दै सडक निर्माणमा मात्र ठूलो बजेट छुट्याएका हुन् ।
चालू आव जस्तै विगतमा दर्जनौँ सडक निर्माण भएका छन् तर ती सडकमा यातायात सञ्चालन योग्य छैन । जाजरकोटमा निर्माण भएका आधा दर्जन सडकमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । विगतका वर्षमा विभिन्न निकायबाट निर्माण भएका १०० ग्रामीण सडक प्रयोगविहीन छन् । पछिल्लो समय जाजरकोटका सातवटै स्थानीय तहमा व्यापक मात्रामा सडक निर्माण हुँदै आएका हुन् ।
यसैगरी सात स्थानीय तहमा १०० भन्दा बढी सडक डोजरले खन्ने काम भइरहेको छ । जाजरकोटमा लाखौँ खर्चेर सडक खन्ने तर १० वर्षसम्म गाडी नगुडाउने प्रचलनको विकास भएको छ । कतिपय सडक प्राविधिक रूपले नक्साङ्कन नगरिनुका साथै वातावरणीय असर तथा सडक निर्माण मापदण्डविपरीत निर्माण भएका छन् ।
“जथाभावी खनेर बनाएका सडकमा बस गुड्ने त परैको कुरा, ट्र्याक्टर र जिपसमेत गुड्न सक्दैनन्”, आचार्यले भन्नुभयो । जाजरकोटमा करोडौँ बजेट खर्चेर निर्माण थालिएका १२१ सडक प्रयोगविहीन छन् ।
निर्माणमा ढिलासुस्ती हुँदा जाजरकोट–पाँचकाटिया–पैंक–ब्याउलीढुंगा–जुम्ला सडक, छेडा–चाँदे–जुम्ला सडक र जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडक अलपत्र छन् ।
डोजरले स्थानीयवासीको रोजगारी खोस्यो
जाजरकोटका सातवटै गाउँ र नगरपालिकामा डोजरले यतिबेला धमाधम सडक खन्ने काम गरिरहेका छन् । जाजरकोटमा सडक, कुलो, पुलको जग, घरको जगलगायत निर्माण गर्ने काममा डोजरकै प्रयोग हुने गरेको छ । निर्माण कार्य डोजरले गर्न थालेपछि यहाँका स्थानीय बासिन्दा भने बेरोजगार बनेका छन् ।
घरछेउमा सडक बनाउने, कुलो खन्नेलगायत काम गर्ने मौका नपाएपछि बेरोजगार स्थानीय कामको खोजीमा भारतीय श्रमबजार पुग्न बाध्य छन् ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












