पश्चिम सेती आयोजनालाई नेपालभित्रकै स्रोत परिचालन गरी निर्माण सुरु गरिने
१० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना पनि अघि बढाउने घोषणा
काठमाडौं। पश्चिम सेती आयोजनालाई नेपालभित्रकै स्रोत परिचालन गरी निर्माण सुरु गरिने बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका छन् ।
खतिवडाले १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना पनि अघि बढाउने घोषणा गरेका छन् । चिनियाँ कम्पनी निर्माणमा अग्रसर नभएपछि बजेटमार्फत सरकारले आयोजना आफैं निर्माण गर्ने घोषणा गर्यो। तर बजेट आएको एक सातामै सरकारको बोलीमा टुइस्ट आएको छ। लगानी बोर्ड नेपालले विज्ञप्ती जारि गर्दै पश्चिम सेती आयोजना चिनियाँ कम्पनीबाट नखोसिएको जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा जान लागेका बेला सरकारले बजेट बक्तब्यमा उल्लेख गरेको बिषयलाई नकारेको हो। चिनियाँ पक्षको दवावका कारण पश्चिाम सेतीको निर्णयबाट पछाडि फर्किनु परेको स्रोतहरुको दावी छ।
पश्चिम सेती आयोजना चिनियाँ प्रवर्द्धक कम्पनी चाइना थ्री गर्जेज इन्टरनेश्नल कर्पोरेशन ९सिटिजिआईसि० लाई जिम्मा दिइएको थियो। चिनियाँ र नेपाली लगानीमा बन्ने आयोजनामा ७५ प्रतिशत लगानी सिटिजिआईले गर्ने र २५ प्रतिशत लगानी नेपाल सरकारको तर्फबाट लगानी गर्ने समझदारी बनेको थियो।
चिनियाँ सञ्चारमाध्यमले पनि पश्चिम सेती नेपाल सरकारले चिनियाँ कम्पनीबाट खोसेर आफैँ निर्माण गर्ने घोषणा गरेको समाचारलाई प्राथामिकतामा राखेर समाचार सम्प्रेषण गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ कम्पनीले पाएको आयोजना खोस्नुले सकारात्मक सन्देश नदिने विश्लेषणसहित बोर्डले नयाँ कदम चालेको स्रोतको दावी छ। लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री हुन्।
बोर्डको विज्ञप्तीमा भनिएको छ( ‘७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजनाको बारेमा लगानी बोर्डले कुनै निर्णय गरिनसकेकाले चिनियाँ कम्पनीबाट खोसिएको भन्ने समाचारप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ।
पश्चिम सेती आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी थ्री गर्जेज ले आयोजना आर्थिक रुपमा सम्भाव्य बनाउन थप स्पष्ट हुन पत्राचार गरेकोमा २०७४ फागुन २५ गतेको लगानी बोर्डको २९ औं बोर्ड बैठकले यस सम्बन्धमा सुझाव दिन समिति गठन गरेको थियो।
समितिले आयोजना बनाउन आर्थिक रुपमा के कती सम्भव छ भन्ने प्रतिवेदन लगानी बोर्डलाई बुझाइ सकेको छ। बोर्डमा उक्त प्रतिवेनमाथी अध्ययन भैरहेको र कुनै निर्णय लिइनसकेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











