पश्चिम सेती आयोजनालाई नेपालभित्रकै स्रोत परिचालन गरी निर्माण सुरु गरिने
१० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना पनि अघि बढाउने घोषणा
काठमाडौं। पश्चिम सेती आयोजनालाई नेपालभित्रकै स्रोत परिचालन गरी निर्माण सुरु गरिने बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका छन् ।
खतिवडाले १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना पनि अघि बढाउने घोषणा गरेका छन् । चिनियाँ कम्पनी निर्माणमा अग्रसर नभएपछि बजेटमार्फत सरकारले आयोजना आफैं निर्माण गर्ने घोषणा गर्यो। तर बजेट आएको एक सातामै सरकारको बोलीमा टुइस्ट आएको छ। लगानी बोर्ड नेपालले विज्ञप्ती जारि गर्दै पश्चिम सेती आयोजना चिनियाँ कम्पनीबाट नखोसिएको जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा जान लागेका बेला सरकारले बजेट बक्तब्यमा उल्लेख गरेको बिषयलाई नकारेको हो। चिनियाँ पक्षको दवावका कारण पश्चिाम सेतीको निर्णयबाट पछाडि फर्किनु परेको स्रोतहरुको दावी छ।
पश्चिम सेती आयोजना चिनियाँ प्रवर्द्धक कम्पनी चाइना थ्री गर्जेज इन्टरनेश्नल कर्पोरेशन ९सिटिजिआईसि० लाई जिम्मा दिइएको थियो। चिनियाँ र नेपाली लगानीमा बन्ने आयोजनामा ७५ प्रतिशत लगानी सिटिजिआईले गर्ने र २५ प्रतिशत लगानी नेपाल सरकारको तर्फबाट लगानी गर्ने समझदारी बनेको थियो।
चिनियाँ सञ्चारमाध्यमले पनि पश्चिम सेती नेपाल सरकारले चिनियाँ कम्पनीबाट खोसेर आफैँ निर्माण गर्ने घोषणा गरेको समाचारलाई प्राथामिकतामा राखेर समाचार सम्प्रेषण गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ कम्पनीले पाएको आयोजना खोस्नुले सकारात्मक सन्देश नदिने विश्लेषणसहित बोर्डले नयाँ कदम चालेको स्रोतको दावी छ। लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री हुन्।
बोर्डको विज्ञप्तीमा भनिएको छ( ‘७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजनाको बारेमा लगानी बोर्डले कुनै निर्णय गरिनसकेकाले चिनियाँ कम्पनीबाट खोसिएको भन्ने समाचारप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ।
पश्चिम सेती आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी थ्री गर्जेज ले आयोजना आर्थिक रुपमा सम्भाव्य बनाउन थप स्पष्ट हुन पत्राचार गरेकोमा २०७४ फागुन २५ गतेको लगानी बोर्डको २९ औं बोर्ड बैठकले यस सम्बन्धमा सुझाव दिन समिति गठन गरेको थियो।
समितिले आयोजना बनाउन आर्थिक रुपमा के कती सम्भव छ भन्ने प्रतिवेदन लगानी बोर्डलाई बुझाइ सकेको छ। बोर्डमा उक्त प्रतिवेनमाथी अध्ययन भैरहेको र कुनै निर्णय लिइनसकेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












