हाम्रो विकास बैंक दश वर्षमा
नुवाकोट, २४ जेठ । यहाँको बट्टारमा केन्द्रीय कार्यालय र जिल्लाको ग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्दै आएको हाम्रो विकास बैंक बुधबारदेखि दश वर्षमा प्रवेश गरेको छ ।
विसं २०६६ सालमा रु दुई करोडबाट सञ्चालनमा आएको बैंक दश वर्षमा रु एक अर्ब ५० करोड निक्षेप संकलन गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेलले जानकारी दिए । उनका अनुसार यो अवधिमा बैंकले रु एक अर्ब ४९ करोड कर्जा प्रवाह गर्दै तीन करोड ८७ लाख कमाउन सफल भएको छ ।
“बैंक सञ्चालनको नौ वर्षमा जिल्लाको बट्टारमा मुख्य कार्यालयसहित त्रिशूली, छहरे, रातमाटे, सामरी, रानीपौवा, समुन्द्रटार र देउरालीमा शाखा कार्यालय स्थापना गरी सेवा दिँदै आएको छ,” उनले भने “नुवाकोटमा मात्र कार्यक्षेत्र रहेको बैंकले अबको चार महिनाभित्र थप चार जिल्ला धादिङ, चितवन, तनहुँ र कास्कीमा आफ्नो सेवा विस्तार गर्न लागेका छौँ ।”
गत आव विसं २०७३÷०७४ मा मुनाफाबाट बैंकले नेपाल सरकारलाइ रु एक करोड ८२ लाख आयकरबापत भुक्तान गरेको थियो भने विसं २०७२÷०७३ मा जिल्लाबाट बढी कर भुक्तान गर्ने करदाताका रुपमा नेपाल सरकारले उक्त बैंकलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको थियो ।
बैंकले आधुनिक बैंकिङको क्रममा मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ भने आगामी दिनमा एटीएमलगायतका सेवा शुरु गर्न लागेको बैंकका अध्यक्ष हरिप्रसादले जानकारी दिए ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












