सडक मिचिएका संरचना भत्काउँदै सडक विस्तार
भक्तपुर, २८ जेष्ठ । दैनिक सडक जाम हुन थालेपछि सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिरसम्म जाने सडकको अतिक्रमित संरचना हटाउँदै सडक विस्तार कार्य शुरु गरिएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष किरण थापा र वडा नं ६ का वडाध्यक्ष रामेश्वर ध्वजुको पहलमा अतिक्रमित सडकका संरचना भत्काएर सडक विस्तार कार्य शुरु गरिएको हो ।
दुईवटै वडाको सिमानामा पर्ने उक्त सडकको मापदण्डभित्र पर्ने स्थानीयवासीका घरका पर्खाल, पेटी र टहरा भत्काउन शुरु गरेको वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए ।
केहीदिनभित्रै संरचना भत्काएर सडकलाई फराकिलो बनाउने र सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर प्रवेशद्वारसम्मको सडकलाई फराकिलो बनाउने उनले बताए ।
एक महिना अगाडि स्थानीयसँग छलफल गरी स्थानीय बासिन्दालाई सडक मापदण्डभित्र पर्नेहरुले आफ्नो कम्पाउण्ड पर्खाल भत्काउन, टहरा हटाउन सूचना जारी गरेपछि पनि स्थानीयवासीले नहटाएकाले वडा कार्यालयले आफैँ भत्काउन थालेको हो । यद्यपि सडक मापदण्डभित्र परेका घर भने तत्काल नभत्काइने बताउँदै अध्यक्ष थापाले घरको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्ने बताए ।
वडा नं ६ का वडाध्यक्ष रामेश्वर ध्वजुले हाललाई स्थानीयवासीका घरलाई क्षति नपुगोस् भनी बलियो गरी बनाइएको भ¥याङ, पेटीलगायतका अरु संरचना घरधनी आफैँले सात दिनभित्र भत्काउने गरी कागज गरेको बताए।
सडक फराकिलो बनाएपछि सडकको गाभ्रेल गरिने भएको छ । साथै सात मिटर सडकलाई विस्तार गरी १४ मिटर फराकिलो सडक बनाउने गरी सडक विस्तार आयोजनाले डिपिआर तयार गरिरहेको बताइएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












