नेयमारमाथि ब्राजिलको फुटबल सपना
जेठ २९, काठमाडाैं । ब्राजिलको महान खेलाडी बन्ने उत्साह नेयमारको सन्दर्भमा गोप्य छैन । लन्डन ओलम्पिक खेलकुदमार्फत पहिलो ओलम्पिक फुटबल स्वर्णपदक आशा गरिरहेको ब्राजिल यतिबेला नेयमारमाथि नै भरोसा गरिरहेको छ ।
नेयमार सदैव सबैले सुन्ने गरी भन्ने गर्छन्, ‘यो प्रेम सम्बन्ध हो, फुटबलसँगको प्रेम सम्बन्ध, बलसँगको प्रेम सम्बन्ध ।’ यो प्रेम सम्बन्ध सानैदेखि परिवारबाट प्रेरित हँदै सुरु भएको उनी बताउँछन् । ‘मेरो बुबाले जहिले पनि बलसँग तिम्रो विशेष सम्बन्ध हुनुपर्छ भन्नुभयो । उहाँ बल इष्र्यालु महिलाजस्तै हो जुन पहिलोपटक अस्तित्वमा हुन्छ भन्नुहुन्थ्यो ।’ बुवाको भनाइ उद्धृत गर्दै २० वर्षीय नेयमारले भने, ‘यदि तिमीले ती महिलालाई राम्रो व्यवहार र माया गरेनौ भने उनले तिमीलाई चोट दिन्छिन् । तिमीले उनीबाट साथ पाउन उनलाई पनि राम्रो व्यवहार गर्नुपर्छ । त्यसैले म मेरी उनलाई (बललाई) धेरै माया गर्छु ।’
उनले फुटबल मैदानलाई भन्दा बढी समय खर्चिएको कुनै क्षेत्र नभएको भन्दै आफ्नो फुटबलमोह दर्साए । ‘जब म खेलिरहेको हुन्छु, शब्दमा व्यक्त गर्न नसकिने आनन्द पाइरहेको हुन्छु । वास्तवमै यो मेरो प्रेम हो जुन म गरिराखेको छु,’ उनले थपे ।रोनाल्डिन्हो र काकाको ‘प्राइम’ समय सकिएकोले यतिबेला लन्डन ओलम्पिक र घरेलु मैदानमा हुने विश्वकपमा ब्राजिल फुटबलको आशा नेयमारमाथि बढी छ । नेयमार ब्राजिल फुटबलको भविष्यका रूपमा हेरिएका छन् । आसन्न लन्डन ओलम्पिकले आफू कति क्षमतावान खेलाडी हो भनेर पुष्टि गर्न नेयमारलाई अवसर छ । ‘मैले पहिला नै ब्राजिल फुटबल महासंघका अध्यक्ष जोसे मारिआ मारिनलाई भनेको छु, लन्डनमा हाम्रो टोलीले स्वर्णपदक जित्नेछ,’ उनले भने । ब्राजिल फुटबल अहिलेसम्म ओलम्पिक खेलकुदमा मात्र पहिलो स्थानमा रहन सकेको छैन । पाँचपटकको विश्वकप विजेता ब्राजिलले सन् १९८४ र १९८८ मा रजतपदक जितेको थियो भने १९९६ र २००८ मा कांस्यपदक ।
‘तिमीलाई इतिहास रच्ने अवसर छ,’ गत महिना भएको ओलम्पिक ड्रपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्ष सेप ब्लाटरले नेयमारलाई ट्विटरमा लेखेका थिए । लगत्तै ब्लाटरलाई प्रतिक्रिया दिंदै नेयमारले ट्विटरमा लेखेका थिए, ‘मैले बुझें, अध्यक्षज्यू ।’ लन्डन ओलम्पिक फुटबलमा समूह ‘सी’ मा रहेको ब्राजिलले पहिलो खेलमा २६ जुलाईमा इजिप्टविरुद्ध खेल्नेछ भने अन्य खेलमा बेलारुस र न्युजिल्यान्डको सामना गर्नेछ । ‘मलाई प्रतिद्वन्द्वीबारे धेरै थाहा छैन ।’ लन्डन ओलम्पिक भिडन्तबारे नेयमारले भने, ‘तर सबै टोलीलाई सम्मान गर्छांै । किनभने ओलम्पिकमा छनोट हुन त्यति सजिलो छैन । हामी राम्रो खेल्छां र अगाडि बढ्न प्रयास गर्नेछौं ।’ दक्षिण अमेरिकामा नेयमार यतिबेला मेसीकै बराबरीमा छन् । ब्राजिलमा उनलाई पेलेपछि महान खेलाडी बन्न सक्नेका रूपमा हेरिएको छ । ‘म पेलेजस्ता महान व्यक्तिद्वारा प्रशंसित हुँदा निकै खुसी हुन्छु,’ उनले भने, ‘तर मेरा लागि मेसी विश्वका सर्वोत्कृष्ट खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो र केही खेलाडी पनि मभन्दा अगाडि छन् ।’
फिफा वर्षखेलाडी अवार्डको पछिल्लो संस्करणमा नेयमार अन्तिम २३ खेलाडीको सूचीमा थिए भने वर्षकै सबैभन्दा उत्कृष्ट गोलका लागि उनी पुरस्कृत भएका थिए । ‘कुनै शंका छैन नेयमार ब्राजिल फुटबलमा सबैभन्दा श्रेष्ठमध्ये एउटा नाम हो,’ ब्राजिल राष्ट्रिय टिमका पूर्वसदस्य रोमारियोले भने, ‘उनी लन्डन ओलम्पिकका एक उत्कृष्ट खेलाडी हुनेछन् ।’ सन् २००९ मा व्यावसायिक फुटबलमा प्रवेश गरेका नेयमारले सन् १९७० को दशकमा पेलेले खेल्न छाडेपछि कमजोर भएको घरेलु क्लब सान्तोषलाई नयाँ उचाइ दिएका छन्
सन् २०१० मा सान्तोषलाई ब्राजिलियन कप, सन् २०११ को कोपा लिबरेटेडोरेस र लगातार तीनपटक साओ पाउलो स्टेट च्याम्पियनसिप जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९६९ पछि लगातार तीनपटक साओ पाउलो च्याम्पियनसिप जित्ने सान्तोष पहिलो टोली भएको थियो । सान्तोषका लागि नेयमार हालसम्म १ सय ८ गोल गरी सो क्लबका लागि सर्वाधिक गोलकर्ताको सूचीमा १६औं स्थानमा छन् । पेलेको युगपछि सान्तोषका लागि यति धेरै गोल गर्ने उनी पहिलो खेलाडी भए । ‘पेलेजस्तो महान खेलाडीको विशेषता दोहोर्याउनु ठूलो अनुभव हो,’ नेयमारले भने । यस वर्ष मात्र उनले २५ खेलमा चार हयाट्रिकसहित २७ गोल गरेका छन् । ‘यो मेरो खेल जीवनकै सबैभन्दा ठूलो वर्ष हो,’ गत मेमा कोपा लिबरेसनको अन्तिम १६ को खेलमा बोलिभारलाई ८–० ले पराजित गरेपछि नेयमारले भनेका थिए, ‘यस्तो टिममा रहेर खेल्दै इतिहास बनाउँदा म निकै सुखद् अनुभूति गरिराखेको छु ।’
ब्राजिलका फुटबल फ्यान तथा स्थानीय मिडियाले सन् २०१० को विश्वकपमै नेयमारलाई राष्ट्रिय टोलीमा राख्न दबाब दिए पनि उनले ठाउँ पाएनन् । तर सोही वर्षको अन्त्यतिर अमेरिकाविरुद्ध भएको मैत्रीपूर्ण फुटबल खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै नेयमारले राष्ट्रिय टोलीका लागि पहिलो खेलमा गोल गरेका थिए । राष्ट्रिय टिमबाट अहिलेसम्म १६ म्याच खेल्ने क्रममा नेयमारले आठ गोल गरिसकेका छन् । एपी
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












